default_image

8 years ago

April 15, 2018

रोनाल्डो मालागाविरुद्ध नखेल्ने

180 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो ला लिगा अन्तर्गत मालागासँगको खेल नखेल्ने पक्का भएको छ। आइतबार हुने खेलका लागि रियलका प्रशिक्षक जिनेदिन जिदानले सार्वजनिक गरेको टोलीला रोनाल्डो लगायत ग्यारेथ बेल र लुका मोड्रिकको नाम छैन। 

ronaldo unhappy

म्याड्रिडको अघिल्लो ४ अवे खेलमा जिदानले रोनाल्डोलाई ३ खेलमा विश्राम दिएका थिए भने यस अवे खेलमा पनि रोनाल्डोलाई जिदानले नखेलाउने भएका छन्। अघिल्लो सिजन मालागाको घरेलु मैदानमा रोनाल्डोले गोल गर्दै रियलको ला लिगा उपाधि पक्का गरेका थिए।

त्यस्तै जिदानले बेललाई पनि नखेलाउने भएका छन्। बेलको खराब प्रदर्शनका कारण जिदानले उनलाई मालागाविरुद्ध नखेलाउने मानिएको छ। प्रशिक्षक जिदानले च्याम्पियन्स लिगमा युभेन्टससँगको दोस्रो लेगमा वेल्शका खेलाडी बेललाई सुरुआती ११ मा स्थान दिएपनि दोस्रो हाफमा परिवर्तन गरेका थिए।

मोड्रिकले भने च्याम्पियन्स लिगको खेलमा युभेन्टसविरुद्ध सामान्य चोट बोकेपछि प्रशिक्षक जिदानले उनलाई विश्राम दिएका हुन्।

मालागाको घरेलु मैदानमा हुने खेल आज राती नेपाली समयानुसार १२:३० मा सुरु हुनेछ। रियाल हाल अंक तालिकाको चौथा स्थानमा छ भने मालागा पुछारमा छ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.