8 years ago
April 15, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा आइतबार अंक तालिकाको पुछारमा रहेको ब्रुमविचसँग १-० ले पराजित भएको छ । युनाइटेडेको हारसँगै सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बनेको छ । शनिबारमात्र सिटीले टोटेनह्यामलाई ३–१ ले हराएको थियो ।
युनाइटेडले सिजनका बाँकी सबै ५ खेल जितेपछि सिटीलाई भेट्ने छैन । ३३ खेलपछि सिटीको ८७ अंक छ भने युनाइटेडको १६ अंक कम ७१ अंक छ । ७३ औं मिनेटमा जोय रोड्रिगेजले गरेको गोलमा वेस्टब्रुमबीचको जित पक्का भएको थियो । वेस्टब्रुमबीच जितपछि पनि २४ अंकसहित तालिकाको पुछारमा छ । आइतबारकै अर्को खेलमा आर्सनल न्युक्यासलसँग २–१ ले पराजित भएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]