default_image

8 years ago

April 16, 2018

रियलको इतिहासमा जिदान दोस्रो सफल प्रशिक्षक

91 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गए राती मालागाविरुद्धको जितसँगै रियलको प्रशिक्षकको रुपमा १ सय जित हासिल गरेका छन्। 

Zidane

जिदानले ला लिगामा ६६ खेल, च्याम्पियन्स लिगमा २०, कोपा डेल रे’मा ६ र क्लब विश्व कपमा ४ खेल गरेर म्याड्रिडलाई १ सय जित दिलाएका हुन्। ला लिगामा प्रशिक्षकको रुपमा ९९ खेलमा ९ हार र १५ बराबरी, च्याम्पियन्स लिगमा ३० खेलमा ४ हार र ६ बराबरी, कोपा डेल रे’मा २ हार र ४ बराबरी छ।

क्लब विश्व कपमा शत प्रतिशत जित निकालेका जिदानको रियलको सबै खेलमा ७१.४ प्रतिशतको विजयी रेकर्ड छ। यो तथ्याङ्कले जिदानलाई रियलको इतिहासमा दोस्रो सफल प्रशिक्षक बनाउँछ। उनी भन्दा उत्कृष्ट आंकडा होसे मोउरिन्होको छ। मोउरिन्होले रियलमा ७१.९ प्रतिशत खेल जिताएका थिए ।

सन् २०१६ मा रियलको जिम्मेवारी सम्हाले यता जिदानले रियललाई २ च्याम्पियन्स लिग, १ ला लिगा, २ क्लब विश्व कप, १ स्पेनिस सुपरकप र १ युईएफए सुपरकपको उपाधि जिताएका छन्।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.