default_image

8 years ago

April 16, 2018

दबाबमा रहेका बेन्जेमामाथि जिदानको विश्वास

105 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– यो सिजन रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाका लागि सुखद रहेन । उनी गोलका लागि संघर्ष गरिरहेका छन्, यद्दपी सफलता भने मिलेको छैन । त्यसका वावजुद उनका प्रशिक्षक जिनेदिन जिदानले उनी प्रतिको विश्वासलाई भने कायम राखेका छन् ।

ला लिगामा आइतबार मालागाविरुद्ध रियलले २–१ जित निकाल्दा बेन्जेमाले गोलको खडेरी तोड्न सकेनन् । यो सिजन मात्र ५ गोल मात्र गरेका कारण आफ्नो स्थान सुरक्षित गर्न पनि उनलाई कठिन भइरहेको छ ।

तथापी जिदान भने उनले उच्च प्रदर्शनका लागि प्रयास गरिरहेको जनाउँदै खेलाडीको हौसला बढाइरहेका छन् । ‘उनी स्कोरका लागि भोका छन्, त्यसका लागि उनले कोशिस पनि गरेका छन्,’ जिदानले भने, ‘खाली उनी गोल गर्न सफल भएका छैनन् । तर पनि प्रयासरत छन् । यो सिजन उनका लागि निकै कठिन रह्यो ।’

आइतबारको जित खास गरि मालागाका पूर्व खेलाडी इस्कोका लागि स्मरण योग्य रह्यो । फ्रिकिकमार्फत रियलका लागि पहिलो गोल गरेका इस्कोले कासिमारोको गोलका लागि पास मिलाइदिएका छन् । जिदानले पनि २५ वर्षे इस्कोको तारिफ गरे ।

‘उनको प्रदर्शन उत्कृष्ट थियो । यो उनको ठाँउ हो । यहाँ उनको प्रदर्शनले म र हाम्रो टोली रोमाञ्चित भएका छौं,’ जिदानले भने, ‘जहाँ उनी हुर्के त्यहाँ यस्तो प्रदर्शन सम्मानजनक थियो । उनी मालागाका महत्वपूर्ण खेलाडी थिए, अहिले उनी रियलका लागि अर्थपूर्ण छन् ।’

मालागाको जितसँगै रियलमा २८ महिनाको दौरानमा जिदानको जितसंख्या १ सय खेल पुगेको छ । रियल ६७ अंकसहित तेस्रो स्थानमा उक्लेपछि शीर्षस्थानको बार्सिलोना भन्दा १५ अंकले पछाडि छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.