default_image

8 years ago

April 16, 2018

लिग च्याम्पियन सिटी ६ कीर्तिमान पछ्याउँदै

78 views

0 Bookmark

लन्डन (एजेन्सी) – पेप गुआर्डीओलाको प्रशिक्षकत्वमा रहेको म्यानचेस्टर सिटीले आइतबार प्रिमियर लिग उपाधि पक्का गरेको छ । सिटीले शनिबार टोटेनहम हट्स्परलाई ३-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । आइतबार वेस्ट ब्रोमले म्यानचेस्टर युनाइटेडलाई १-० ले हराएपछि सिटीको उपाधि पक्का भएको थियो ।

सिटीले प्रिमियर लिगको ३३ खेलमा ८७ अंक जोडेको छ । यसक्रममा सिटीले २८ जित, ३ बराबरी र २ हार बेहोरेको छ । उपाधि पक्का भएसँगै सिटीले अब प्रिमियर लिगको विभिन्न कीर्तिमानमाथि आफ्नो नजर राखेको छ । प्रिमियर लिगको एकै सिजनमा सबैभन्दा अंक जोड्ने कीर्तिमान चेल्सीको नाममा छ । सन् २००४-०५ मा चेल्सीका तत्कालिन प्रशिक्षक जोसे मोउरिन्होले ९५ अंकसहित उपाधि जितेका थिए । यस सिजनको ५ खेल बाँकी छँदा सिटी कीर्तिमान बराबरी गर्नबाट जम्मा ८ अंक टाढा छ ।

प्रिमियर लिगको एकै सिजनमा १५ अवे खेल जित्ने कीर्तिमान पनि चेल्सीकै नाममा छ । सिटीले यो सिजन १४ अवे खेलमा जित दर्ता गरेको छ । अब वेस्ट ह्याम र साउथह्याम्पटनको मैदानमा सिटीले जित दर्ता गरे उक्त कीर्तिमान पनि सिटीकै नाममा हुनेछ । यसबाहेक चेल्सीकै नाममा रहेको एकै सिजनमा ३० जितको कीर्तिमान पनि भंग हुने सम्भावना छ ।

कार्लो एन्चेलोटिले सन् २००९-१० मा चेल्सीको प्रशिक्षण सम्हाल्दा टोलीले लिगको ३८ खेलमा १ सय ३ गोल गरेका थिए । त्यस बेला टोलीले +७१ को गोल अन्तर सहित घरेलु मैदानमा ६८ गोल गरेको थियो । लिगको ५ खेल बाँकी रहँदा सिटीले लिगमा ९३ गोल गरेको छ भने गोलअन्तर +६८ रहेको छ । घरेलु मैदानमा सर्वाधिक गोलको कीर्तिमान तोड्न भने सिटीलाई अझै १६ गोल खाँचो छ । सिटीले घरेलु मैदानमा स्वान्सी, हडर्सफिल्ड र ब्राइटनको सामना गर्दैछ ।

५ खेल बाँकी रहेको सिटीले तोड्ने सम्भावना रहेको कीर्तिमान:

सर्वाधिक अंक : चेल्सी ९५ (सिटि ८७)

सर्वाधिक गोल : चेल्सी १०३ (सिटी ९३)

सर्वाधिक जित : चेल्सी ३० (सिटी २८)

सर्वाधिक अवे जित : चेल्सी १५ (सिटी १४)

सर्वाधिक गोल अन्तर : चेल्सी +७१ (सिटी +६८)

सर्वाधिक घरेलु गोल : चेल्सी ६८ (सिटी ५३)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.