झापा एघार फुटबल क्लबलाई ४-०को फराकिलो अन्तरले पछि पार्दै लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप २०७२को फाइनलमा पुगेको छ|
आज पोखरा रंगशालामा भएको फाइनल खेलमा मनाङ्गले ओलावाले अफिजको गोलमा १६ मिनेटमा नै अग्रता लिएको थियो| राष्ट्रिय टोलीबाट फिर्ता पठाइएका तेज तामाङ्गलाई सुरुवाती रोजाइमा उतारेको मनाङ्गले खेलभर आफ्नो प्रभुत्व जमायो|
ओलावालेले खेलको ७२औं मिनेटमा दोश्रो गोल गर्दै मनाङ्गलाई २-० को अग्रता दिलाए भने सुजल श्रेष्ठले मनाङ्गका लागि व्यक्तिगत ५० गोल गर्दै टोलीलाई ३-०ले अगाडी बढाए| खेलको अन्तिम मिनेटमा ह्याट्रिक पुरा गर्दै ओलावालेले मनाङ्गको ४-०को जित सुनिश्चित गरे|
मनाङ्गले अब शनिबार फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ|