8 years ago
May 12, 2018
पेरिस (एजेन्सी) – ब्राजिलको राष्ट्रिय फुटबल टोलीका सदस्य एवं पेरिस सेन्ट जर्मनका राइट ब्याक ड्यानी अाल्भेसले चोटका कारण म विश्वकप गुमाउने भएका छन् । घुँडाको चोट बोकेका अाल्भेसले लिगको अन्तिम चरण खेल्न नसकेपनि विश्वकपमा ठिक हुने सम्भावना रहेको थियो ।

ब्राजिलको राष्ट्रिय टोलीबाट झण्डै एक दशकदेखि नियमित खेल्दै अाइरहेका अाल्भेसको अनुपस्थितिले टोलीलाई ठूलो घाटा पुगेको छ । उनले विश्वकपमा ब्राजिलका लागि सुरुवाती रोजाइबाट खेल्ने लगभग तय थियो । ३५ वर्षीय आल्भेसले देशका लागि हालसम्म १ सय ७ खेल खेलिसकेका छन् ।
फ्रेन्च कपको फाइनलदौरान चोट बोकेका आल्भेसको चोट सामान्य भनेपनि स्क्यान गरेपछि उनको एसीएलको शल्यक्रिया गर्नुपर्ने भएको हो । ब्राजिलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आल्भेसले शुक्रबार थप स्क्यान गरेपछि उनको एसीएलमा चोट पुगेको थाहा भएको छ । अब उनले शल्यक्रिया गरेर चोटको उपचार गर्नेछन् । ब्राजिलको प्राविधिक टोली उनलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’

ब्राजिलले जुन तेस्रो साताबाट सुरु हुने विश्वकपको पहिलो खेलमा स्विटजरल्यान्डको सामना गर्नेछ । आल्भेसले नखेल्ने पक्का भएसँगै उनको स्थानमा को खेल्ने भन्ने उत्सुकताको विषय बनेको छ । ब्राजिलले उनको स्थानमा म्यानचेस्टर सिटीका ड्यानिलो, बायर्न म्युनिखका राफिन्हा, युभेन्टसका एलेक्स स्यान्ड्रो र कोरिन्थियन्सका फाग्नर लेमोस मध्ये एकजनालाई उतार्ने सम्भावना प्रवल छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]