default_image

8 years ago

May 15, 2018

विश्वकपका लागि अर्जेन्टिनाको प्रारम्भिक टोली सार्वजनिक

169 views

0 Bookmark

ब्युनर्स आयर्स (एजेन्सी) – रुस विश्वस कपका लागि अर्जेन्टिनाका प्रशिक्षक जोर्ज साम्पोलीले ३५ सदस्य टोली सार्वजनिक गरेका छन् । म्यानचेस्टर सिटीका चोटयुक्त स्ट्राइकर सर्जियो अगुएरो पनि टोलीमा अटाएका छन् । साम्पोलीले अर्को साता २३ सदस्यको अन्तिम टोली छनोट गर्नेछन् । 

messi and Dyabala

त्यस्तै युभेन्टसका स्टार पौलो ड्याबला र इन्टरका माउरो इकार्डीले मार्चका मैत्रीपूर्ण खेलहरु गुमाएपनि यसपटक प्रारम्भिक टोलीमा स्थान पाएका छन् । मार्चमा अर्जेन्टिनाको टोलीमा परेका एथेलेटिको म्याड्रिडका एन्जल कोरिआ र इन्डीपेनडिएन्टेका फ्याब्रिसियो बुस्टोस भने यस पटक साम्पोलीको रोजाईमा परेनन् ।

म्यानचेस्टर सिटीका अगुएरो र इन्टर मिलानका लुकास बिग्लिया भने चोटका बावाजुद टोलीमा समावेश गरिएका छन्।

विश्वकप अगाडी अर्जेन्टिनाले मे २९ मा हाइटीसँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ भने जुन ९ मा इजराइलको सामना गर्नेछ। विश्व कपमा अर्जेन्टिना, आइसल्याण्ड, क्रोसिया र नाइजेरिया एकै समूहमा छन् ।

अर्जेन्टिनी टोली :  

गोलकिपर : सर्जियो रोमेरो (म्यानचेस्टर युनाइटेड), विल्फ्रेडो काबालेरो (चेल्सी) , नाहुएल गुज्मान (युएएनएल), फ्रान्को अर्मानी (रिभर प्लेट)

डिफेन्डर : ग्याब्रिएल मर्काडो (सेभिया), क्रिस्टियन अन्साल्दी (टोरिनो), एडुएर्डो साल्भियो (बेन्फिका), ज्याभियर मास्सेरानो (हेबाई चाइना फोर्चुंन), निकोलोस ओटामेन्डी (म्यानचेस्टर सिटी), जर्मान पेजेला (फियोरेन्टिना), फेडेरिका फाजियो (रोमा), मार्कोस रोहो (म्यानचेस्टर युनाइटेड), निकोलास ट्याग्लीफिको (आयाक्स), मार्कोस अकुना (स्पोर्टिङ्ग सिपी), रामिरो फ्युनेस मोरी (एभेर्टन)

मिडफिल्डर : मानुएल लान्जिनी (वेस्ट ह्याम ), लियान्द्रो पारेदेस (जेनित), रिकार्डो सेञ्चुरियन (रेसिङ), म्याक्सीमिलियानो मेजा (इन्डीपेनडिएन्टे), लुकास बिग्लिया (मिलान), गुइडो पिजारो (सेभिया), एञ्जो पेरेज (रिभर प्लेट), एभर बनेगा (सेभिया), जियोभानी लो सेल्सो (पिएसजी), रोड्रिगो बाटाग्लिया (स्पोर्टिङ्ग सिपी), एन्जल डी मारिया (पिएसजी), क्रिस्टियन पाभोन (बोका जुनियर्स), पाब्लो पेरेज (बोका जुनियर्स)

फरवार्ड : पौलो ड्याबला (युभेन्टस), डिएगो पेरोटी (रोमा), लियोनल मेस्सी (बार्सिलोना), सर्जियो अगुएरो (म्यानचेस्टर सिटी), गोन्जालो हिगुएन (युभेन्टस), लाउटारो मार्टिनेज (रेसिङ्ग), माउरो इकार्डो (इन्टर)

 

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.