8 years ago
May 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलले अहिलेसम्म पाएका मध्ये सबैभन्दा छरिता स्ट्राइकर मणि विक्रम शाहको असमायिक निधनले नेपाली खेलकुद नै स्तब्ध बनेको छ ।
आफ्नो खेल कौशलका कारण सबैमाझ लोकप्रिय रहेका उनै नेपाली फुटबलका महान् हस्ती शाहको सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको असमायिक निधन भएपनि उनले नेपाली फुटबललाई सम्झना दिलाउने थुप्रै सफलता दिलाएका छन् । त्यसमध्ये सन् १९९३ मा दक्षिण एसियाली फुटबलमा नेपालले स्वर्ण जित्दा उनले गरेको फ्रिकिक गोलको चर्चा अहिले पनि उत्तिकै हुने गरेको छ । फाइनलमा २–१ ले पछि परेको अवस्थामा मणिले खेल सकिन ३० सेकेण्ड बाँकी रहँदा फ्रिकिकमार्फत लोभलाग्दो गोल गरेपछि नेपालले भारतलाई बराबरीमा रोक्दै पेनाल्टी सुटआउटमा भारतलाई पराजित गर्न सफल भएको थियो । नेपाली टिमबाट सन् १९८५ बाट १९९८ सम्म ४८ खेल खेलेका मणिले ६ गोल गरेका छन् ।
उनको पार्थिव शरीरलाई सम्मानसहित अन्तिम श्रद्धाञ्जली दिन मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको थियो । उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंकस्कार गरिएको छ । उनको श्रीमती र छोरी छन् ।
अन्तिम बिदाईमा नेपाली फुटबलका हस्तीदेखि नेता र समर्थकको बाक्लो उपस्थिति रहेको थियो । शाहको अन्तिम बिदाइमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, युवा नेता गगन थापा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, एन्फाका पूर्व अध्यक्ष गणेश थापा, नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट, एन्फा पदाधिकारी, पूर्व तथा वर्तमान फुटबल खेलाडी र विभिन्न खेलका पदाधिकारी र खेलाडीको बाक्लो उपस्तिथी रह्यो । उनको विदाईका क्रममा भेटिएका खेलकर्मीलाई स्वर्गाीय शाहलाई कसरी सम्झनुहुन्छ भनेर सोधेका थियौं ।
विराटजंग शाही (म्यानेजर, नेपाली राष्ट्रिय टिम)
मणि र म बच्चैदेखि टोलकप हुदै राष्ट्रिय टिमसम्म सँगै खेल्यौ । मनाङ–मस्र्याङ्दी क्लब जन्माउने नै हामी हौं । मनाङलाई डी, सी, बी हुदै ए डिभिजनसम्म पुर्याउन मणिले उत्कृष्ट प्रदर्शन गरेका थिए । ‘विपक्ष खेलाडीले गम्भीर ट्याकल हानेपनि एकदमै शान्त स्वभाव उनीमा थियो । मणि रिसाएको मैले खेल्दा खेरी पाएको छैन ।’ मणिलाई नेपाली म्यारोडोना भनेर चिनिन्छ, कसैले बयान नै गर्नु पर्दैन । मणिको लेफ्ट फुटेट डिएगो म्यारोडोनाको जस्तो थियो । डि–बक्सभित्र बल पाएमा वान स्टेपमै हान्ने खेलाडी अहिलेसम्म मणिबाहेक मैले देखेको छैन ।’
मणि शाह जस्तो खेलाडी नेपाली फुटबलमा खड्किने छ । अहिले पनि केही खेलाडी जन्मिएका छन् तर, मणि शाह जस्ता फिनिसर छैनन् ।
ईन्द्रमान तुलाधर (महासचिव, अखिल नेपाल फुटबल संघ, एन्फा)
मणिका समकक्षी रुपमा एन्फाका महासचिव इन्द्रमान तुलाधर पनि हुन् । उनले मणिलाई यसरी सम्झिए, ‘मणि शाहसँग मैले पनि खेल्ने अवसर पाए । पहिले स्कुलले प्रतियोगिता खेल्दा मैले मणिको विपक्षीको रुपमा खेल्ने मौका पाएको थिए । म डिफेन्स खेल्थेँ र मलाई मेरो प्रशिक्षकले मणि शाहलाई कभर गर भन्नुभएको थियो । हाफ टाइमसम्म मणि शाह को हो चिन्न सकिन । उनले दुई गोल गरिसकेको थियो । कोचले तँलाई मणि शाह हेर भनेको होइन भन्नुभयो । मैले कुनचाहिँ हो मणि शाह भनेको । सानो मान्छे पो हुनुहुँदो रहेछ । त्यसपछि सिनियर टिममा आइसकेपछि पनि मैले उहाँसँग खेल्ने मौका पाएको छु । नेपाली फुटबलका लागि उहाँ एकदमै गड गिफ्टेट मान्छे हो ।’
‘बिरामी भएपछि सबै खर्च एन्फाले बेहोर्ने भनेर पैसा पनि जम्मा गरियोे । तर उहाँलाई हामीले बचाउन सकेनौं । सबै व्यवस्थापनको जिम्मेवारी हामीले लिएका छौं । अब एन्फाले चाँडै नै उनको नाममा कुनै पुरस्कार, प्रतियोगिता, रंगशाला वा एकेडेमी नामाकरण गर्ने काम गर्छौ ।’
सञ्जिव मिश्र (खेल विश्लेषक)
‘म मणि शाहलाई नेपाली फुटबल खेलाडीहरूमा सर्वोत्कृष्ट खेलाडीको रुपमा लिन्छु । आफ्नो टिमलाई सधै जिताउन सक्ने क्षमता मणिमा थियो । फ्रिकिक, कर्नर, पेनाल्टी सबै पक्षमा उनी एकदमै राम्रो खेलाडी हुन । यति मात्र हैन उनी पास निकाल्नमा पनि माहिर थिए । उनको पास कहाँ झर्छ भन्ने विपक्षी टिमलाई थाहा नै हुँदैनथ्यो । आफ्नो टिमलाई जिताउन शतप्रतिशत नतिजा दिने र म्याच चेन्जर्सको रुपमा म मणि शाहलाई लिन्छु ।’
विराज महर्जन (कप्तान, नेपाली फुटबल टिम)
राष्ट्रिय टिमका कप्तान विराज महर्जन मणि शाह र नेपाली फुटबल पर्यायवाची शब्दजस्तै रहेको बताउछन् । मणि सरलाई नेपालको म्याराडोना भनेर चिनिन्छ । उहाँकै कारणले पनि नेपाली फुटबलले थुप्रै नाम कमाएको छ । अहिले पनि दक्षिण एसियामा उनको नाम आउने गर्छ । नेपाली फुटबलमा उहाँको अभाव खड्की रहने छ
तस्बिर – विवेक सुवेदी /हाम्रो खेलकुद


















December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]