default_image

8 years ago

May 17, 2018

पल्सर स्पोर्टस् अवार्डका विजेताको घोषणा आज

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७४ आज आयोजना हुँदैछ । २०७४ सालमा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गर्ने थलो पल्सर स्पोट्र्स अवार्ड भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा दिउँसो ३ः०० बजेबाट सुरु हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

fball

बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयमा पर्न सफल खेलाडी तथा प्रशिक्षक ।

पल्सर स्पोर्टस् अवार्डको १५ औं संस्करणमा विभिन्न आठ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिने बताइएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट र स्पेशल अवार्डको घोषणा कार्यक्रममै गरिनेछ भने वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा पिपुल्स च्वाइस र प्रशिक्षक विधामा ५–५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । मनोनयमा परेका मध्ये ५ विधामा एक एक जना विजेता घोषित हुनेछन् ।

पिपुल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र भलिबलका मान बहादुर श्रेष्ठ छन् । क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंक बहादुर कार्की वर्षका उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा छन् ।

वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ छन् । त्यस्तै, युवा खेलाडीमा क्रिकेटका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल छन् ।

वर्षका उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा छन् । वर्षका उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाा प्राप्त गर्ने मञ्चले जनाएको छ ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि मुख्य प्रायोजन तथा डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्यमा हुने पल्सर स्पोर्टस अवार्डलाई सूर्य नेपाल प्रालि, आई।एम।एस।ई प्रालि, आई।एम।एस।ई हाउजिङ, रुस्लान, टी।एच।टी लाईभ ३७७२२, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, साहस स्पोट्र्स, एभिन्युज खबर, इमेजिङ, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटिको साथ रहेको बताइएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.