8 years ago
May 19, 2018
उदयपुर(हाम्रो खेलकुद) – ललितपुरको रुस्लान थ्री स्टार क्लब पाँचौं रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । थरुहट रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्री स्टारले चिरपरिचित प्रतिद्धन्द्धी लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

पहिलो हाफमा अजायी मार्टिन्सले गरेको गोल नै थ्री स्टारलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो । उनले खेलको १९ औं मिनेटमा गोल गर्न सफल भएको थियो । उदयपुर गोल्डकपमा थ्री स्टार तेस्रोपटक च्याम्पियन बन्न सफ भएको हो । थ्री स्टारले दोश्रो र तेश्रो संस्करणको उपाधि जितेको थियो । यससँगै थ्री स्टारले यस सिजनको दोस्रो उपाधि जित्न सफल भयो । थ्री स्टारले सिजनको शुरुमा माइभ्याली गोल्डकप जितेको थियो । दमक गोल्डपमा भने थ्री स्टार पहिलो खेलबाट घर फर्किएको थियो । थ्री स्टार भने सिजनको तीन वटै प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित हुन पुग्यो । उदयपुर गोल्डकपको फाइनलमा पराजित भएसँगै मनाङ थ्री स्टारसँगको सातै भेटमा पराजित हुन पुग्यो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही मौकाहरु खेर फालेका थिए । खेल सकिन ९ मिनेट बाँकी रहँदा दुवै टोली १० खेलाडीमा समेटिएको थियो । मनाङका डिफेन्डर बिमल बस्नेतले मार्टिन्समाथि हातपात गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएको थिए । लगत्तै रेफ्रीले मार्टिन्सलाई पनि कार्ड देखाउदै मैदान बाहिर पठाएको थिए । दुवै टोली १० खेलाडीमा समेटिएपछि मनाङले खेलमा थ्री स्टारमाथि दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । यस्तै थ्री स्टारका रुपेश केसीले पनि वान भर्सेस वानमा पनि गोल गर्नबाट चुकेका थए । मनाङका डोना थापा फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद ७ हजार हात पारे ।
उपाधिसँगै थ्री स्टारले ५ लाख रुपैया प्राप्त गरे । दोस्रोस्थानमा चित्त बुझाएको मनाङले ३ लाख ५० हजार रुपैया प्राप्त गर्यो। थ्री स्टारका पिटर सेगुन सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ५० हजार रुपैया प्राप्त गरे । व्यक्तिगत विधातर्फका सवै खेलाडीहरुले जनही १० हजार रुपैया पाए ।
बैशाख २७ गतेबाट शुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोलीले सहभागिता जनाएका थिए ।
उदयपुर गोल्डकपका उत्कृष्ट खेलाडीहरु
सर्वाेत्कृष्ट खेलाडीः पिटर सेगुन (थ्री स्टार)
सर्वाधिक गोलकर्ताः अजायी मार्टिन्स (थ्री स्टार, ४ गोल)
उत्कृष्ट गोलरक्षकः एलेन न्यौपाने (थ्री स्टार)
उत्कृष्ट डिफेन्डरः विजय धिमाल (थ्री स्टार)
उत्कृष्ट मिडफिल्डरः रुपेश केसी (थ्री स्टार)
उत्कृष्ट प्रशिक्षकः मेघराज केसी (थ्री स्टार)
उदियमान खेलाडीः प्रज्वल चौधरी (उदयपुर–११)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]