default_image

8 years ago

May 21, 2018

इनियेस्टाको अन्तिम खेलमा बार्सिलोना विजयी

110 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाको यो सिजन अन्तिम खेल आन्द्रे इनियेस्टाका लागि स्पेनिस क्लबबाट अन्तिम खेल थियो। आइतबार राती भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल सोसिड्याडलाई १-० ले हराउँदै सिजनलाई अन्त्य दियो। 

Iniesta

बार्सिलोनाको जितमा भविष्यमा इनियेस्टाको भूमिका निर्वाह गर्ने आशा गरिएका लिभरपुलका पूर्व मिडफिल्डर फिलिप कौटिन्हो उत्कृष्ट गोल गर्दै निर्णायक साबित भए। खेलको पहिलो हाफमा भ्रमणकारी टोलीले बार्सिलोनालाई रोकेपपनि कौटिन्होले ५७ औं मिनेटमा बक्स बाहिर बाँयाबाट दाँयापट्टी प्रहार गर्दै राम्रो गोल गरे।

करिब क्लबसँग २२ वर्षको सहकार्यपछि सिजनको अन्त्य पछि चिन जाने निर्णय सार्वजनिक गरेका ३४ वर्षे स्पेनिस मिडफिल्डर इनियेस्टालाई दुवै क्लबका समर्थक र खेलाडीहरुले विदाई गरे।

बार्सिलोना यो सिजन ला लिगा र कोपा डेल रे जित्न सफल भयो भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रोमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

iniesta2

हाइलाइट्स

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.