default_image

8 years ago

May 23, 2018

पूर्व पिएसजी प्रशिक्षक एम्रि आर्सनल जाने लगभग पक्का

105 views

0 Bookmark

लण्डन (एजेन्सी) – पेरिस सेन्ट जर्मन (पिएसजी) का पूर्व प्रशिक्षक उनै एम्रि आर्सनल जाने लगभग पक्का भएको छ । लामो समयदेखि आर्सनलको प्रशिक्षकको भुमिकामा रहेका आर्सन वेंगरले सिजनको अन्त्यसँगै पद छोडेपछि सो पद खाली भएको थियो ।

केही दिन अघि आर्सनलका पूर्व कप्तान तथा म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक मिकेल आर्टेटाले सो जिम्मेवारी लिने भनिएको थियो । आर्सनलको बोर्डले आर्टेटालाई पहिलो सिजनका लागि ५० मिलियन पाउन्ड ट्रान्सफरमा खर्च दिने बताइएको थियो ।

तर आर्टेटा सो रकमबाट खुशी थिएनन् । उनले क्लबको ट्रान्सफरमा आफ्नो मत राख्न पाउन पर्छ भन्ने भनाईमा पनि आर्सनलको बोर्ड असन्तुष्ट रहेको विभिन्न श्रोतहरुले जनाएको छ । यसकारण आर्सनल बोर्डले आर्टेटालाई क्लबको जिम्मा दिन पछि हटेको हो ।

सेभिल्ला र पिएसजीमा सफलता हांसिल गरिसकेका एम्रि खासगरी दुई खेलाडी वरपर क्लबको निर्माण गर्न चाहेको बुझिन्छ – मिडफिल्डर आरोम राम्जी र फरवार्ड पियर एम्रिक अबामेयाङ । पिएसजीका केही खेलाडीलाई उनले आर्सनलमा ल्याउन सक्ने पनि सम्भावना रहेको छ ।

आज र भोलि बिहीबारमा क्लबले आधिकारिक रुपमा एम्रिको घोषणा गर्ने सम्भावना रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.