8 years ago
May 23, 2018
सिमरा (हाम्रो खेलकुद)– जीतपुरसिमरा उपमहानगरपालिकामा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अर्को साता मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
उपमहानगरपालिकाको सहयोग र सामुदायिक बिकाशसिल क्लब सिमराको आयोजनामा प्रतियोगिता हुने भएको हो । आयोजक क्लबले बुधवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ ।
प्रतियोगिता जेठ १७ गते देखी असार २ गते सम्म सिमरा रंगशालामा हुनेछ । प्रतियोगिताको विजेताले ट्रफि सहित ५० हजार र दोस्रो टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । सवोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउने प्रतियोगिताका उत्कृष्ट फरवार्ड, गोलरक्षक, डिफेन्स र सर्वाधिक गोलकर्ताले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नेपाल खेलकुद पत्रकार मञ्ज बारा प्रवद्र्धक रहने प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटा वडाले सहभागिता जनाउने प्रतियोगिता संयोजक बसन्त लामाले जानकारी दिए । लामाका अनुसार वडाको टिमको संयोजन सम्बन्धित वडाअध्यक्षले गर्नेछन् । वडा भन्दा बाहिरका खेलाडीलाई टिममा सहभागी गराउन नपाईने समेत संयोजक लामाले बताएका छन् ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले खेलकुद क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने दायित्वअनुसार मेयर कप फूटवलको आयोजना गर्न लागिएको बताएका छन् । खेलकुदमा रुची र क्षमता भएपनि अवसर नपाएका खेलाडीलाई लक्षित गर्दै प्रतियोगिता सञ्चालन हुने मेयर डा. पौडेलको भनाई थियो ।
‘खेलकुद, विभिन्न रचनात्मक भूमिका र सकारात्मक क्रियाकलापमा युवाहरुलाई जागृत गराउन जरुरी छ । यस्ता गतिविधि गराउन उपमहानगरले आफ्नो भूमिका स्थापित गर्नेछ’ मेयर डा. पौडेलले भने ‘युवाहरुको आकर्षणको रुपमा रहेको फूटवल प्रतियोगिताबाट हामीले सुरुवात गरेका छौ, यसपछि क्रिकेटलगायत अन्य खेलकुद आयोजना हुदै जानेछन् ।’
खेलकुद क्षेत्रको बिकासले उपमहानगरको समग्र बिकासमा टेवा पुग्ने बताउदै मेय डा. पौडेलले खेलकुद क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उपमहानगरको दायित्व रहेको बताए । कार्यक्रममा उपमेयर सरस्वती चौधरीले उपमहानगरको सवै वडाको प्रतिनिधित्व हुने गरी आयोजना गर्न लागिएको प्रतियोगिताले नया प्रतिभाहरु बाहिर आउने बताएकी छिन् । उपमहानगरले खेलकुद क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको भन्दै उपमेयर चौधरीले खेलकुदको गतिविधिलाई निरन्तररुपमा अघि बढाउने बताएकी छिन् ।
कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीले प्रतियोगिताको उदेश्यबारे जानकारी गराएका थिए । कार्यक्रममा सामाजिक बिकास समिति संयोजक शोभा कार्की, होटल ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा, नवजनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीलगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष तिलक श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष जगन्नाथ घिमिरे, वडा नं. ११ का अध्यक्ष विनोद यादव, वडा नं. १५ का अध्यक्ष रामप्रसाद लामिछाने, वडा नं. २३ का अध्यक्ष अस्लम देवान, कार्यपालिका सदस्य सुभद्रा न्यौपाने, अनिता चौधरी, ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरिक्षक भूवन भट्टलगायत जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि, क्लबका पदाधिकारीको उपस्थिती रहेको थियो ।
क्लबका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउलेले गरेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]