8 years ago
May 23, 2018
सबिन लिम्बु (सेर्मा)
झापा– आयोजक सनसाइन महिला कप झापा जिल्ला स्तरिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । झापा युवा परिवारलाई बुधबार १–० ले हराउँदै सनसाइन उपाधि नजिक पुगेको हो । पाँचौं मिनेटमा मुना लवातीले गरेको गोल नै खेलमा निर्णायक बन्यो ।
विजेता टोलीकी सरिता शेर्पा खेलको उमन अफ दी म्याच घोषित भइन् । उनले १ हजार रुपैयाँ र ५ लिटर बाबा तेल प्राप्त गरिन् । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहिबार पारिजात महिला फुटबल क्लब सालबारी र जुनतारा महिला फुटबल क्लब खुदुनाबारीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ५५ हजार र दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]