मलेसियामा रोहित चन्दले खेल्ने क्लब टि टिम एफ.सी. मलेसियन लिगको माथिल्लो डिभिजनमा उक्लेको छ|
आज भएको प्ले-अफमा ए.टि.एम लाई २-१ गोलअन्तरले हराउँदै चन्दको टोलि सुपर लिगमा पुगेको हो| रोहितले खेलको ९० मिनेटनै खेलेका थिए| टि टिमले खेलको पहिलो हाफमा २-०को अग्रता लिएपनि ४९औं मिनेटमा एक गोल खाएको थियो|