default_image

10 years ago

August 26, 2015

नेपाल सामु अफगानिस्तानलाई हराउने चुनौती

207 views

0 Bookmark

सिनियर फुटबलमा दक्षिण एसियाको पावरहाउसका रुपमा आफुलाई उभ्याएको अफगानिस्तानलाई उमेर समुहमा सोहि अनुसारको छाप छोड्न नसकेको आरोप लाग्ने गरेको छ । नेपालमाथी भने अफगानिस्तानको ठिक उल्टो आरोप लाग्ने गर्छ उमेर समुहमा राम्रो भएपनि सिनियर लेवलमा कमजोर टिमका रुप्मा नेपाललाई मानिंन्दै आएको छ । यस्तोमा दुबै टिम सामु स्पष्ट विकल्प भनेको आफ्नो साख जोगाउनु हुृने छ । उमेर समुहमा आफुलाई बलियो प्रमाणित गर्नु पर्ने चुनौती अफगानिस्तानलाई रहंदा नेपाललाई आफ्नो पुरानो साख जोगाउनु त्यो भन्दा बढि चुनौती हुने छ ।

नेपाल सामु अफगानिस्तानलाई हराउने चुनौती

नेपाल सामु अफगानिस्तानलाई हराउने चुनौती

बिहिबार समुह ‘ए’ को विजेताका रुपमा अन्तिम चारमा स्थान बनाएको नेपालले पहिलो सेमिफाइनलमा समुह ‘बि’ को उपविजेता बनेको अफगानिस्तान विरुद्ध फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्दा उसको लक्ष्य फाइनल पुग्नु हुने छ । उपाधि जित्ने लक्ष्य राखेको युवा टिमको प्रदर्शन सन्तोष जनक नभइरहेको बेलामा अफगानिस्तानसंगको प्रतिष्पर्धा कठिन भएपनि जित निकाल्न सक्नेमा प्रशिक्षक बालगोपाल महर्जन ढुक्क छन् ।

बिहिबारनै फाइनल पुग्ने दुबै टिमको टुंगो लाग्दा मध्यान्हमा हुने खेलमा नेपाली टिमले आफुलाई प्रमाणीत गर्नु पर्ने छ । शारीरीक रुपमा निकै बलियो मानिएको अफगानि टिम विरुद्ध नेपालले सोहि अनुसारको रणनीती तय गर्नू जरुरी छ । ट्यानिकल्ली रुप्मा अफगानिस्तान भन्दा राम्रो मानिएको नेपाली टिमलाई आफ्नो घरेलु मैदान र घरेलु दर्शकको साथ राम्रै मिल्नेछ । यस्तोमा उसले लामो समयको नेपाली फुटबलको असफल्ता तोड्ने जिम्मेवारी लिएर प्रदर्शन गरेमा नतिजा आफु अनुकुल आउन सक्ने छ अन्यथा सानो गल्तीले यू–१६ को जस्तो अवस्था नआउला भन्न सकिन् । राम्रो प्रदर्शनका बाबजुत गरेको एउटा गल्तीले यू–१६ टिम सेमिफाइनलबाटनै बाहिरिएको थियो । जसबाट यू–१९ टिमले पाठ सिक्न जरुरी छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.