default_image

8 years ago

May 31, 2018

रोनाल्डो विना रियलको नयाँ जर्सी सार्वजनिक

107 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– स्टार फवार्ड क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडले अर्को सिजन प्रयोग गर्ने जर्सी सार्वजनिक गर्ने कार्यक्रममा अनुपस्थित रहेका छन् । पाँच वर्षमा चौथो पटक च्याम्पियन्स लिग जितेको रियलको जर्सी सार्वजनिक गर्दा रोनाल्डो अनुपस्थिति रहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । टोलीले च्याम्पियन्स लिगको उपाधि जितेकै दिन रोनाल्डोले रियल छाड्ने संकेत गरेका थिए ।

फाइनलमा शनिबार लिभरपुललाई ३–१ ले हराउँदै रियल लगातार तेस्रो पटक च्याम्पियन बनेको केहि समयपछि नै रोनाल्डोले भनेका थिए, ‘रियलमा रहनु मेरा लागि उत्कृष्ट रह्यो । अबको केहि दिनमा म आफ्ना बारेमा समर्थकलाई जानकारी दिनेछु ।’ विगतका केहि सिजनभन्दा यस सिजन प्रशिक्षक जिदानले रोनाल्डोलाई धेरै विश्राम दिएका थिए । रोनाल्डो खेल मैदानमा बढी समय बिताउन नपाएकाले रियल छोड्ने मनस्थितिमा पुगेको बुझिएको छ ।

रियलमा रहने विषयमा शंका रहेकै बेला रोनाल्डो जर्सी सार्वजनिक गर्दा रोनाल्डोको फोटो थिएन । होम र अवे जर्सी मंगलबार सार्वजनिक गर्दा टोलीको पहिलो रोजाइका खेलाडी मध्ये उनी एक मात्र खेलाडी हुन् । टोलीका अन्य सबै खेलाडीको फोटो नयाँ जर्सीमा रहेको छ । यद्यपी रोनाल्डोको सम्झौता अझै केहि वर्षलाई बाँकी छ ।

टोलीमा रहने नरहनेमा शंका रहेका गेराथ बेल पनि होम जर्सीका साथ फोटोमा देखिएका छन् । त्यस्तै प्रशिक्षक जिनेदिन जिदान पनि नयाँ किट्सका फोटो सेसन गर्नेमध्येमा छन् । रोनाल्डो च्याम्पियन्स लिग सकिएलगत्तै आफ्नो परिवारलाई भेट्न गएका थिए । उनले छिट्टै विश्वकपका लागि पोर्चुगलको प्रशिक्षणमा सहभागिता जनाउने छन्  ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.