8 years ago
June 4, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फाइनल लगत्तै अर्को सिजन क्लबमा नरहन सक्ने संकेत गरेका थिए । तर, क्लबका अन्य सहकर्मीलाई भने रोनाल्डोले एक साता अघि नै क्लब छाड्न सक्ने बारे जानकारी दिएको स्पेनिस सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
रियलमा रहनेमा शंका व्यक्त गर्दै रोनाल्डोले फाइनलपछि एक सातामा समर्थकलाई थप जानकारी दिने बताएका थिए । खेल पछिको उनको प्रतिक्रियाबाट क्लब व्यवस्थापन र सिनियर खेलाडी भने खुसी थिएनन् ।
यद्दपी, रोनाल्डोले क्लब अन्तिम निर्णय लिएका छैनन् । तर, जुन समयमा उनले क्लब छाड्ने संकेत गरे त्यसले अन्य सहकर्मीलाई भने आश्चार्यमा पारेको थियो । उनको सम्भावित बर्हिगमनको सन्देश त्यति बेला आएको थियो, जति बेला टोली च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारीमा थियो ।
अहिले, जिनेदिन जिदानले पनि रियलको प्रशिक्षक पद छाडेका छन् । जसको कारणले रोनाल्डोलाई क्लब छाड्न थप बल मिलेको विश्वास गरिएको छ । म्यानचेस्टर युनाइटेडका पूर्व स्टार फ्रान्सेली जिदानसँग नजिक थिए ।
कतिपयले च्याम्पियन्स लिग फाइनल नै रियलमा रोनाल्डोको अन्तिम खेल मानेका छन् । तर, पनि व्यवस्थापनले रोनाल्डोलाई मनाउने अपेक्षा पनि गरिएको छ । कतिपय उनको प्रतिक्रियालाई भने व्यवस्थापनले मन पराएको छैन ।
रोनाल्डोको लागि रिलिज क्लजको रकम क्लब छाड्न नमिल्ने कारण भने हुन सक्दछ । उनका लागि १ बिलियन युरो रिलिज क्लज रहेको छ । पेरिस सेन्ट जर्मेन र युनाइटेड जस्ता इच्छुक क्ल्बले उनलाई लिन चाहदा ठूलो रकम खर्चन तयार हुनुपर्दछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]