10 years ago
February 2, 2016
काठमाडौं, १९ माघ । नेपाली राष्ट्रिय फुटवल टोलीका नवनियुक्त जापानी टेक्निकल डाइरेक्टर तेकेदा चियाकीले आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
सोमबार नेपाल आइपुगेका टेकिनकल डाइरेक्टर तेकेदा चियाकीले मंगलबारदेखि नै जिम्मेबारी सम्हालेका हुन् ।
जापान फुटवल एशोसियसनको फुटवल विकास परियोजना अनुसार नेपाली टोलीको टेक्निकल डाइरेक्टरको रुपमा जिम्मेवारी सम्हालेका पूर्व जापानिज फुटवलर चियाकीलाई अखिल नेपाल फुटवल संघ (एन्फा)ले एक बर्षसम्मका लागि सम्झौता गरेका थिए ।
२० बर्ष विभिन्न क्लवबाट फुटवल खेलेका चियाकीले पछिल्लो समय प्रशिक्षकको भुमिकामा जापानमा ए डिभिजन क्लवहरुमा कार्यरत थिए । आसन्न साग गेम्सको फुटवलतर्फ महिला र पुरुष दुवै टोलीको खेल हेर्न उनी भारत लागेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]