8 years ago
June 5, 2018
म्याड्रिड (एजेन्सी) –राष्ट्रिय टोलीबाट खेल्नु हरेक फुटबल खेलाडीको सपना हुन्छ । त्यसमा पनि गोल गर्नु गोल गर्नु झन् ठूलो सपन हुन्छ । तर, सबै फुटबल खेलाडीको त्यो सपना पुरा हुन्न । त्यसमध्ये कतिले त्यो सपना पुरा गर्छन् ।
फुटबलको दुनियाँमा त्यस्ता खेलाडी छन्, जो हरेक वर्ष राष्ट्रिय टोलीका लागि गर्दै आएका छन् । त्यसमध्ये यहाँ त्यस्ता पाँच खेलाडीको चर्चा गरिदैछ, जो आफ्नो देशका लागि सर्वाधिक गोलकर्ता हुन् र अहिले पनि सक्रिय खेल जीवनमा छन् ।
५. क्लिन्ट डेम्पसे (अमेरिका)
अमेरिकी खेलाडी डेम्पसे आफ्नो देशमा भन्दा बढी युरोपमा बढी परिचित छन् । फुलह्यामबाट खेल्दा उनले निकै चर्चा कमाएका थिए । उनको उच्च प्रदर्शनबाट प्रेरित फुलह्याम सन् २०१० को युरोपा लिग फाइनल पुगेको थियो । डेम्पसेले देशका लागि ५७ गोल गरिसकेका छन् । १४ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा उनले लगातार गोल र त्यो सँगै पटक पटक असिस्ट पनि गर्दै आएका छन् । ३५ वर्षको उमेरमा पनि उनी अन्तर्राष्ट्रिय फुटबलमा उत्तिकै सक्रिय छन् । पछिल्लो वर्षमात्र पनि उनले देशका लागि ५ गोल गरेका थिए ।
४. डेभिड भिल्ला (स्पेन)
भिल्ला त्यस्ता खेलाडी हुन् जो ३० वर्ष पार गरिसकेर पनि अझै सक्रिय खेल जीवनमा छन् । सन् २०१४ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपनि उनी न्यू योर्क सिटीका लागि उच्च प्रदर्शन गरिसकेका छन् । गत वर्ष विश्व कप छनोटमा उनी पुन राष्ट्रिय टोलीमा डाकिएका थिए । स्पेनका लागि उनले ५९ गोल गरिसकेका छन् । स्पेनको अन्तर्राष्ट्रिय सफलताका उनी एक मुख्य हिस्सेदार हुन् ।
३. सुनिल क्षेत्री (भारत)
क्षेत्री भारतीय फुटबलकाक सर्वाधिक सफल खेलाडी हुन् । घरेलु फुटबलमा थुप्रै उपाधि जितिसकेका उनको अन्तर्राष्ट्रिय खेल जीवन पनि उत्तिकै सफल छ । चार वटा लिग उपाधि र तीन वटा घरेलु उपाधि जितेका क्षेत्रीले बेंगलुरु एफसीलाई सन् २०१६ को एएफसी कपको फाइनलमा पुर्याउन योगदान गरेका थिए । उनले राष्ट्रिय टोलीकका लागि अहिले सम्म ६१ गोल गरिसकेका छन् । उनको सहभागितामा भारतले ६ वटा अन्तर्राष्ट्रिय उपाधि जितिसकेको छ ।
२.लियोनल मेस्सी (अर्जेन्टिना)
मेस्सी फुटबल इतिहासकै उत्कृष्ट खेलाडी मध्येका एकका रुपमा रहेका छन् । राष्ट्रिय टोली र बार्सिलोना दुवैबाट उनले अहिले पनि उच्च प्रदर्शन गरेका थिए । उनले क्लबका लागि घरेलु र युरोपियन उपाधि पटक पटक जितेका छन् । देशका लागि अन्तर्राष्ट्रिय सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा उनी दोस्रो स्थानमा छन् । ३० वर्षको उमेरमा पनि उत्तिकै जुझारु मेस्सीको नाममा ६४ अन्तर्रष्ट्रिय गोल छ ।
१.क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
रोनाल्डो र मेस्सीमध्ये को उत्कृष्ट भन्ने बहस अहिले पनि उत्तिकै चलिरहेको छ । रियल म्याड्रिडका सुपर स्टार रोनाल्डोले अलग अलग देशका क्लबका लागि थुप्रै उपाधि जितेका छन् । पोर्चुगलमा रहँदा पनि उच्च प्रदर्शन गरेपनि म्यानचेस्टर युनाइटेड पुगेपछि उनको बढी चर्चा भएको थियो । रियलका लागि ४ सहित उनले अहिले सम्म ५ पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् ।
देशका लागि पनि उनको प्रदर्शन उच्च रहँदै आएको छ । उनको मद्दतमा पोर्चुगलले पहिलो महत्वपूर्ण उपाधिका लागि सन् २०१६ मा युरो कप जितेको थियो । देशका लागि ८१ गोल गरिसकेका रोनाल्डोले रसिया विश्व कपमा पनि उच्च प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]