8 years ago
June 4, 2018
म्याड्रिड (एजेन्सी) – आइतवार सम्पन्न ब्राजिल र क्रोएसिया बिचको मैत्रीपूर्ण खेलपछि दूई स्टार खेलाडीहरु लुका मोड्रिक र नेयमारले टिसर्ट साटेका छन्। सोहि क्रममा लुका मोड्रिचले नेयमारलाई जिस्क्याउँदै रियल म्याड्रिडमा उनको प्रतिक्षा गरिरहेको बताएका छन् ।
लामो समयको चोटपछि पुनरागमन गर्नेक्रममा पिएसजीका स्टार खेलाडी नेयमारले क्रोएसिया बिरुद्ध ब्राजिलको २-० को जितमा गोल समेत गरेका थिए । ब्राजिलियन सक्कर फेडेरेसनको ट्वीटरमा प्रशारित भिडियोमा नेयमार र मोड्रिचले हस्ताक्षर गरेको टिसर्ट साटासाट गरेको देखिएको छ।
नेयमार बार्सिलोनाबाट अन्तिम बर्ष कीर्तिमानी १९८ मिलियन युरोमा पिएसजीमा आबद्ध भएका थिए । पछिल्लो केहि समय बाहिरिएका समाचारका अनुसार रियल म्याड्रिडले नेयमारलाई आफ्नो टिममा ल्याउने कसरत गरिरहेको छ। भिडियोमा समेत मोड्रिकले नेयमारलाई “हामी तिम्रो प्रतिक्षा गरिरहेका छौं “ भनेको देख्न सकिन्छ। मोड्रिचको सो भनाईपछि नेयमार मुस्कुराएका थिए।
स्पेनिस पत्रिका मार्साका अनुसार अन्तिम महिना नेयमारका बुवा तथा एजेन्ट नेयमार एसएसआरले आफुले पेरिसमा रियलका निर्देशकलाई भेटेको र त्यसपछि आफ्नो छोराले तत्कालै पिएसजी छाड्न चाहेको बताएका थिए ।
रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले समेत आफुले सन् २०१३ मा नै नेयमारलाई रियलमा ल्याउन खोजेको र अहिलेपनि उनलाई पाउने चाहाना रहेको स्वीकारेका छन् । फेब्रुअरी २५ मा चोटिल हुनअघि नेयमारले पिएसजीको लागि पहिलो सिजन खेल्ने क्रममा ३० खेलमा २८ गोल र १६ एसिस्ट गरेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]