8 years ago
June 4, 2018
म्याड्रिड (एजेन्सी) – टोटनह्यामका म्यानेजर मौरिसियो पोचेट्टीनोलाई क्लब भित्र्याने पहल असफल भएपछि रियल म्याड्रिड चाडैंनै नया म्यानेजर पाउने खोजीमा लागेको छ ।
स्पोर्ट्समेलका अनुशार जिनेदिन जिदानले टिम छाडेपछि रियलले पोचेट्टीनोलाई पहिलो लक्ष्यका रुपमा लिएको थियो। तर टोटनह्यामका म्यानेजरले आफु बाहिरी क्लबमा जान इच्छुक नरहेको बताएपछि रियल जवाफबिहिन बनेको हो।
पोचेट्टीनोको सम्झौता पत्रमा रिलिज कल्ज नभएकाले पनि उनलाई र उनका सहयोगीहरु जिसस पेरेज़, मिगुएल डी एगोस्टिनो र टोनी जिमिनेज़लाई पाउन रियलले मिलियन युरोभन्दा धेरै खर्च गर्नुपर्ने देखिन्छ। रियलले पुर्व कप्तान फर्नान्डो हायरोसंग कुरा गरेको छ र गुटी जस्तै युवा टोलीका कुनै प्रशिक्षकलाई ल्याउने तयारी गरिरहेको छ।
रियल म्याड्रिडका अन्तिम ५ म्यानेजरहरु :
जिनेदिन जिदाने (२०१६-२०१८)
रफा बेनीटेज (२०१५-२०१६)
कार्लो अन्सेलोट्टी (२०१३-२०१५)
जोसे मौरिन्हो (२०१०-२०१३)
मानुएल पेल्लेग्रिनी (२००९-२०१०)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]