8 years ago
June 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रसियामा केहि दिनमा सुरु हुने विश्व कप फुटबलले विश्वभरका फुटबलप्रेमीको ध्यान तानिसकेको छ । आफुले समर्थन गर्ने राष्ट्रिय टोलीको जर्सीको जोहोमा समर्थकहरु जुटिसकेका छन् । नेपालमा पनि विश्व कपमा अलग अलग राष्ट्रलाई समर्थन गर्ने परम्परा रहँदै आएको छ ।
त्यसमध्ये नेपालमा अर्जेन्टिनालाई समर्थन गर्नेको संख्या उल्लेख रहेको विश्वास गरिन्छ । समर्थकको चाहनालाई मध्यनजर गर्दै नेपालका लागि एडिडासको आधिकारिक विक्रेता रुट्स फेसनले विश्व कप नजिकिदै गर्दा विश्व कपका सहभागी टोलीको जर्सी विक्रीमा राखेको छ ।
एडिडासले उत्पादन गर्ने जर्सी प्रयोग गर्दै आएका जर्मनी, अर्जेन्टिना, स्पेन, रसिया, जापान, मेक्सिकोको जर्सी विक्रीका लागि राखिएको रुट्सका मेनेजर जितेन्द्र महर्जनले हाम्रो खेलकुदलाई जानकारी दिए ।
सन् २०१४ को विश्व कपको विजेता र फाइनल पुगेको अर्जेन्टिना दुवै टोलीले एडिडासले उत्पादन गरेको जर्सी प्रयोग गर्दै आएका छन् । पछिल्लो विश्व कपमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित गरेको छ ।
दरबारमार्गमा रहेको रुट्स फेसनले एडिसास स्वरुममा ६ राष्ट्रको जर्सी खरिद गर्दा २० प्रतिशत छुट पनि दिएको मेनेजर महर्जनले बताए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]