8 years ago
June 5, 2018
नुवाकोट (हाम्रो खेलकुद)– विभागीय नेपाल पुलिस क्लब नुवाकोटमा जारी विशाल सिमेन्ट नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नुवाकोट बट्टारस्थित खेल मैदानमा मंगलबार भएको क्वार्टरफाइनलमा पुलिसले रुपन्देही–११ माथि ३–० को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
पुलिसको जितमा सुमन लामाले २ तथा अभिषेक रिजालले १ गोल गरे । एक पक्षीय बनेको खेलमा पुलिसले खेलको ३० औं मिनेटमा अभिषेकको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफसम्म १–० को अग्रता बनाएको पुलिसका लागि दोस्रो हाफमा सुमन नायक बने । दोस्रो हाफमा दुवै गोल सुमनको नाममा रह्यो ।
सुमनले ५५ औं मिनेटमा गोल गर्दा पुलिसको अग्रता दोब्बर भएको थियो । सुमनले खेल सकिन ४ मिनेट बाँकी रहँदा अर्काे गोल थपेपछि पुलिसले रुपन्देहीमाथि ३–० को सहज जित निकाल्न सफल भयो । पुलिसविरुद्ध रुपन्देहीले कुनै पनि समयमा राम्रो पोष्ट आक्रमण बुन्न नसक्दा पराजित हुन पुग्यो ।
२ गोल गरेका पुलिसका सुमन खेलको म्यान अफ दि म्याच भए । उनले १० हजार रुपैया पाए । पुलिसले अब सेमिफाइनलमा पोखरा–११ सँग बिहिबार प्रतिस्पर्धा गर्नेछ । पोखराले नेपाल एपीएफ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
रुस्लान थ्री स्टार क्लब र आयोजक नुवाकोट–११ बीच बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ । थ्री स्टारले मदन भण्डारी स्पोर्टस् एकेडेमी र नुवाकोटले फ्रेन्ड्स क्लब कुपन्डोललाई पराजित गर्दै अघि बढेको थियो । नुवाकोट जिल्ला फुटबल संघ र नुवाकोट खेलकुद विकास समितिको आयोजनामा भैरहेको प्रतियोगिताको विजेताले ५ लाख र ३ लाख प्राप्त गर्नेछन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]