8 years ago
June 8, 2018
सिमरा (हाम्रो खेलकुद) –वडा नं. २२ लाई हराउदै वडा नं. ७ सिमरामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रबार भएको खेलमा वडा नं. २२ लाई १–० ले पराजित गर्दै वडा नं. ७ ले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । वडा नं. ७ को जितमा समर खड्का नायक बने ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेनन् । आफ्नो पहिलो खेलमा वडा नं. १६ लाई पन्छाउदै प्रिक्वार्टरमा प्रवेश गरेको २२ ले खेलमा केही राम्रा अवसर सिर्जना गरेको थियो । पहिलो खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेको वडा नं. ७ ले वडा नं. २२ को अधिकांश प्रयास असफल तुल्यायो ।
पहिलो खेलमा वडा नं. २४ लाई पराजित गर्दै प्रिक्वार्टरमा प्रवेश गरेको वडा नं. ७ ले हेर्नलायक प्रदर्शन ग¥यो । दोस्रो हाफमा केही उत्कृष्ट अवसर खेल फालेको वडा नं. ७ ले गोलका लागि ६२औं मिनेटसम्म संघर्ष गर्नु¥यो । वडा नं. २२ को रक्षापंक्ती अल्मलिन पुग्दा समर खड्काको प्रहार गोलमा परिणत हुन पुग्यो ।
खड्का खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई भेट्रान क्लब सिमराका संयोजक समिर आले, सामुदायिक बिकासशील क्लबका अध्यक्ष दिपक भट्टराई र त्रिलोक ठकुरीले ट्रफि वितरण गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शनिवार वडा नं. ५ र वडा नं. १४ बीच खेल हुनेछ । वडा नं. ५ ले आफ्नो पहिलो खेलमा वडा नं. ९ लाई पराजित गरेको थियो भने वडा नं. १४ ले पहिलो खेलमा वडा नं. १७ लाई पन्छाएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा उपमहानगरको २४ टिम सहभागी छन् । प्रतियोगिताको फाइनल असार २ गते हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]