8 years ago
June 8, 2018
लालबन्दी (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब लालबन्दी गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । भारतको युनाइटेड सिक्किमलाई टाइब्रेकरमा ४–१ ले हराउँदै एपिएफ अन्तिम आठमा पुगेको हो । एपिएफले आइतबार हुने क्वार्टरफाइनलमा हेटौडाको विजय युथ क्लबको सामना गर्नेछ ।
राधाकृष्ण खेल मैदानमा शुक्रबार निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि नेपाल्टी सुट आउटमा एपिएफले बाजी मारेको थियो । पेनाल्टीमा एपिएफका नवीन लामा, सुदीप सिख्राकार, श्याम नेपाली र शिवराम गिरीले गोल गरे । युनाइटेडका लागि नागेन तामाङ मात्र गोल गर्न सफल भए ।
खेलको पहिलो हाफमा २–२ को बराबरी भएको थियो । एपिएफले दुई पटकको अग्रतालाई जोगाउन सकेन । श्याम नेपालको गोलबाट एपिएफले सातौं मिनेटमा अग्रता लिएको थियो । तर, पेल्साङ लामाले १३ औं मिनेटमा युनाइटेड सिक्किमका लागि बराबरी गोल फर्काए ।
प्रविण स्याङ्तानको गोलमा १५ औं मिनेटमा एपिएफले पुनः अग्रता लियो । त्यो अग्रता पनि लामो समय टिकेन । नागेनले २७ औं मिनेटमा बराबरी गोल गरे । युनाइटेका नागेन म्यान अफ दी म्याच बने ।
सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले ७ लाख र दोस्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उदयमान खेलाडीले मोटरसाइकल पाउने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १५ हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । असार २ गते सम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
लालबन्दी गोल्डकपमा शनिबार पहिलो क्वार्टरफाइनल
रमपम झापा ११ विरुद्ध जावलाखेल युथ क्लब
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]