default_image

8 years ago

June 9, 2018

नवयुग, प्रिन्स र जितेन्द्रले भुटानको क्लबबाट खेल्ने

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड नवयुग श्रेष्ठसँगै विंगर जर्जप्रिन्स कार्की र डिफेन्ड जितेन्द्र कार्की शनिबार भुटानी प्रस्थान गरेका छन् ।

भुटानको पारो फुटबल क्लबबाट प्लेअफका तीन खेल खेल्न यी तीन खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन् । भुटानको राष्ट्रिय लिगमा छनोट हुनका लागि पारो युनाइटेड एफसी विरुद्ध हुने दुई प्लेअफ खेलमा यी तीन खेलाडीले पारो एफसीबाट खेल्नेछन् । तीनै खेलाडी नेपालमा त्रिभुवन आर्मी क्लबमा खेलाडी हुन् ।

हाललाई तीनै खेलाडीले प्लेअफका लागि मात्र खेल्ने सम्झौता गरेका छन् । प्लेअफको पहिलो खेल जुन १३ र दोस्रो लेग १५ जुनमा खेलिनेछ । प्लेअफको विजेता भुटानको राष्ट्रिय लिगमा छनोट हुनेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.