default_image

8 years ago

June 9, 2018

नुवाकोट गोल्डकप फाइनल : रुस्लान थ्री स्टार र पुलिस भिड्दै

150 views

0 Bookmark

बट्टार (हाम्रो खेलकुद) – नुवाकोटमा जारी विशाल सिमेन्ट नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि आज रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीका प्रशिक्षकले फाइनलका लागि आफ्नो टोली तयार रहेको र उपाधि जित्ने विश्वास व्यक्त गरको छन् ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले नुवाकोटको मैदान तुलानात्मक रुपमा राम्रो भएकोले खेलाडीलाई खेल्न सहज हुनेछ । ‘मैदान निक्कै राम्रो छ । खेलाडीले सहज तरिकाले खेलिरहेका छन् । ‘विपक्षी टोली पनि बलियो टोली हो ,’  प्रशिक्षक थापाले शुक्रबार पत्रकार सम्मेलनमा भनेका थिए, ‘तर, हामी विपक्षीलाई रोक्दै उपाधि जित्ने लक्ष्यमा हुनेछौं । उपाधि जित्न आतुर छौं ।’

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले नुवाकोटमा फुटबलको वातावरण निकै राम्रो रहेको भन्दै आफुहरु फाइनलमा उत्कृष्ट खेल खेल्दै उपाधि जित्ने बताए । ‘विपक्षी पुलिस पनि उपाधिको दावेदार टोली हो । खेल बराबरीकै अवस्थामा हुनेछ । जसले पाएको मौकालाई गुमाउदैन उ नै च्याम्पियन बन्नेछ ।’ प्रशिक्षक केसीले भने, ‘हामी विगत ७/८ महिना देखि नियमित फुटबल खेलिरहेका छौं । कहिले पुलिसले जितेको छ । कहिले हामीले जितेका छौं । खेलमा केही भन्न सकिदैन । जसले राम्र्र्रो खेल्छ, त्यही टिम नै च्याम्पियन बन्नेछ ।’

थ्री स्टार यो सिजन तेस्रो उपाधिको खोजीमा हुनेछ । थ्री स्टारले यसअघि इलाममा भएको माईंभ्याली गोल्डकप र उदयपुरमा भएको उदयरपुर गोल्डकपको उपाधि जितेको थियो । दुवै प्रतियोगिताको उपाधि जित्दा थ्री स्टारले मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गरेको थियो । यता, पुलिस यो सिजन दोस्रो उपाधिको खोजीमा हुनेछ । पुलिसले यसअघि दमक गोल्डकपको उपाधि जितेको थियो । पुलिसले फाइनलमा मनाङलाई नै पराजित गरेको थियो ।

उक्त प्रतियोगितामा पुलिसले थ्री स्टारलाई क्वार्टरफाइनलमै पराजित गरेको थियो । थ्रीस्टारले क्वाटरफाइनलमा मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ३—२ गोल अन्तरले र सेमिफाइनलमा घरेलु टोली नुवाकोटलाई ४—१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपाल पुलिस क्लब रुपन्देही ११ लाई ३ —० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने पोखरालाई ट्राइबेकरमा ३—२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । प्रतियोगीतामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुनेले ३ लाख रुपैयाँ नगदसहित ट्रफि पाउने बताइएको छ । प्रतियोगिता जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघले संयुत्त रुपमा आयोजना गरेको हो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.