default_image

8 years ago

June 9, 2018

पुलिसलाई नुवाकोट गोल्डकपको उपाधि

120 views

0 Bookmark

बट्टार (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले विशाल सिमेन्ट नुवाकोट गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रुस्लान थ्री स्टार क्लबलाई १–० ले हराउँदै विभागिय टोलीले वर्षको दोस्रो उपाधि जितेको हो ।

Nepal Police Club

नेपाल पुलिस क्लबका खेलाडी । फाइल तस्बिर

यससँगै पुलिसले यस सिजन आफ्नो उपाधि सङ्ख्या दुई पुर्‍याएको छ । पुलिसले यसअघि दमक गोल्डकपको उपाधि जितेको थियो । यो सिजन थ्री स्टारले पनि दुई उपाधि जितिसकेको थियो । थ्री स्टारले माइभ्याली गोल्डकप र उदयपुर गोल्डकप जितेको थियो । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा शनिबार भएको खेलमा पुलिसलाई च्याम्पियन बनाउन रवि पासवानले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा रविले खेलको ५३ औं मिनेटमा गोल गर्दै पुलिसलाई शुरुवाती अग्रता दिलाएको थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा रविको गोल नै निर्णायक बन्यो । उपाधिसँगै नेपाल पुलिसले ५ लाख रुपैयाँ पुरस्कार पनि प्राप्त गर्‍यो । उपविजेता थ्री स्टारले ३ लाखा चित्त बुझायो ।

पुलिसका रवि पासवान प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी भए । थ्री स्टारका अजायी मार्टिन ३ गोलसहित सार्वाधिक गोलकर्ता भए । पुलिसका अनन्तराज थापा उत्कृष्ट प्रशिक्षक चुनिए । विजेयी टिम तथा खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए ।

जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटवल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा जेठ १७ गतेबाट शुरु भएको प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए ।

 

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.