8 years ago
June 12, 2018
सर्लाही (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब संघर्षपूर्ण जितका साथ लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । अन्तिम क्वाटरफाइनलमा मंगलबार कास्की ११ लाई टाइब्रकेरमा ४–१ ले गर्दै थ्री स्टार अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
थ्री स्टारले एपिएफसँग बिहिबार सेमिफाइनल खेल्नेछ । टाइब्रेकरमा थ्री स्टारका लागि विजय धिमाल, अशोक खवास , रुपेश केसी र बुद्ध चेम्जोङले गोल गरे । कास्कीका लागि विमल बस्नेतले मात्र गोल गरे । विश्व अधिकारी र अजित गुरुङ गोल गर्न सकेनन् ।
राधाकृष्ण स्थित खेल मैदानमा त्यसअघि खेल सुरु भएको ६ मिनेटमै शान्ता गुरुङको गोलबाट कास्कीले अग्रता लिएको थियो । थ्रीस्टारका गोलकिपर पुर्ण चेम्जोङले नियन्त्रणमा लिएर फुत्काएपछि प्राप्त बलमा शान्ताले गोल गरेका थिए ।
१६ औं मिनेटमा कास्कीले अग्रता दोब्बर बनाएको थियो । कप्तान उत्तम गुरुङले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । दोश्रो हाफ सुरु भएको २ मिनेटमै बुद्ध चेम्जोङको पासमा अजयी मार्टिनले गोल गर्दै थ्री स्टारलाई खेलमा फर्काउने प्रयास गरे ।
४९ औं मिनेटमा बुद्धले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । बुद्धले पोष्ट नजिकबाट गरेको प्रहार कास्कीका गोलकिपरले रोक्न सकेनन् । थ्री स्कारटका मिक्चन तामाङको खेलको म्यान अफ दी म्याच घोषित भए ।
लालबन्दी गोल्डकपमा बिहिबार पहिलो सेमिफाइनल
नेपाल पुलिसविरुद्ध रमपम झापा ११
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]