8 years ago
June 13, 2018
मस्को (एजेन्सी) – नव नियुक्त रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटुइगी विश्वकपको १ दिन अघि स्पेनिस टोलीबाट बर्खास्त भएका छन् । स्पेन शुक्रबार पोर्चुगलसंग विश्वकपको पहिलो खेल खेल्दै छ ।
लोपेटुइगीले रियल म्याड्रिडको प्रशिक्षकको भुमिका स्विकारेपछि स्पेनिस टोलीले उनलाई बर्खास्त गरेको हो । लोपेटुइगीले रियल म्याड्रिडसंग तीन वर्षको सम्झौता गरेका थिए । रियल म्याड्रिडलाई तीन पटक च्याम्पियन्स लिग जिताएपछि जिनेदी जिदानले सो पद छाडेका थिए ।
स्पेन फुटबल संघका अध्यक्षले भने, “हामी यो निर्णय लिन बाध्य भयौं किनभने हामीलाई केही खबर नै आएन । हामी लोपेटुइगीलाई शुभकामना दिन चाहन्छ ।”
अकस्मात आएको यस खबरले विश्व फुटबललाई नै आश्चर्यचकित बनाएको छ । विश्वकपमा दाबेदार मानिएको स्पेन समूह ‘बि’मा पोर्चुगल, इरान र मरोक्को संग रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]