8 years ago
June 13, 2018
सर्लाही (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । रमपम झापा ११ लाई बुधबार १–० ले हराउँदै पुलिस वर्षको तेस्रो नकआउट उपाधिको नजिक पुगेको हो । गत साता नुवाकोट गोल्ड कप उपाधि जितेको पुलिसले त्यसअघि दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको थियो ।
लालबन्दीको राधाकृष्ण मैदानमा रवि पासवानले गरेको गोल नै पुलिसलाई फाइनल पुर्याउन पर्यापत रह्यो । खेलको ३९ औं मिनेटमा रविले गोल गरेका थिए । पहिलो हाफको अग्रतालाई जोगाउँदै पुलिसले अन्तिम दुईको यात्रा तय गरेको हो ।
रवि खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । शनिबार हुने फाइनलमा पुलिसले रुस्लान थ्री स्टार क्लब र नेपाल एपिएफ क्लबमध्ये एकको सामना गर्नेछ ।
सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले ७ लाख र दोस्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
उदयमान खेलाडीले मोटरसाइकल पाउने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
लालबन्दी गोल्डकपमा बिहीबार दोस्रो सेमिफाइनल
रुस्लान थ्री स्टारविरुद्ध एपिएफ
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]