8 years ago
June 16, 2018
सोची (एजेन्सी)– यसपटकको विश्व कपमा प्रतिक्षा गरिएको मध्ये एक खेलको पहिलो हाफको समाप्तीमा स्पेनविरुद्ध पोर्चुगलले २–१ को अग्रता लिएको छ । पोर्चुग्लका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे भने स्पेनाका डिएगो कोस्टाले गोल गरे ।
चौथो मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट अग्रता लिएको पोर्चुगलले अग्रता लिएको थियो । नाचोले पेनाल्टी बक्समा आफैलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले विना कुनै गल्ति गोल गरेका थिए । तर, २४ औं मिनेटमा कोस्टाले पोर्चुगलका रक्षापक्तिलाई तोड्दै बराबरी गोल गरेका थिए ।
बराबरी उन्मुख पहिलो हाफ सकिन १ मिनेट बाँकी रहँदा रोनाल्डोले अर्को गोल थपेपछि खेल रोमाञ्चक बनेको छ । उनको प्रहार रोक्ने क्रममा स्पेनका गोलकिपर डेभिड डि जियाको कमजोरी देखिएको थियो ।
आफ्नो नियन्त्रणमा आउने सक्ने बललाई उनले हल्का ढंगले लिएपछि बलले जाली चुमेको थियो । चौथो विश्व कपमा सहभागिता जनाइरहेका रोनाल्डो आजको गोलपछि भाग लिएका सबै विश्व कपमा गोल गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि आजै भएको समूह बीको अर्को खेलमा इरानले मोरोक्कोलाई १–० ले हराएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]