8 years ago
June 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)– रसियामा जारी विश्व कप फुटबलमा आज तीन खेल हुँदैछन् । मंगलबार सुरुको दुई खेलको सकिए सँगैसमूह चरणअन्तर्गत पहिलो चरणको खेल समाप्ती हुनेछ । आजै समूह चरणअन्तर्गत दोस्रो चरणको खेल सुरु हुनेछ ।
समूह एच अन्तर्गतका २ खेलपछि समूह ‘ए’को एउटा खेल हुनेछ । समूह ‘एच’मा कोलम्बिया र जापान तथा पोल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि दोस्रो चरणको पहिलो खेलका रुपमा समूह ‘ए’मा पहिलो खेल जितेको आयोजक रसियाले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । आयोजकले आजको खेल जित्न सकेको खण्ड नकआउट चरण पुग्ने सम्भावना बलियो हुनेछ ।
अर्को तिर पहिलो खेल उरुग्वेसँग १–० ले गुमाइसकेको इजिप्टले विश्व कपमा अघिल्लो चरणको सम्भावना जोगाउन आजको खेलमा सफल नतिजा निकाल्नु पर्ने हुन्छ । रसियाले उद्घाटन खेलमा एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० ले हराएको थियो ।
आजका तीन खेलको समय
समूह एच
पहिलो खेल- कोलम्बियाविरुद्ध जापान साँझ ५ः४५ बजे
दोस्रो खेल- पोल्यान्डविरुद्ध सेनेगल राती ८ः४५ बजे
समूह ‘ए’
तेस्रो खेल रसियाविरुद्ध इजिप्ट राती ११ः४५ बजे
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]