10 years ago
February 10, 2016
काठमाडौँ, २७ माघ
सेमिफाइनलको यात्रा तय गरिसकेको नेपाल र बंगलादेश दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगिताअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेल खेल्दैछ ।

भारतको गुहावटीमा हुने खेल जित्दै नेपाल समूह विजेता बन्ने अभियानमा हुनेछ । नेपालले यसअघि भुटानलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ । भुटान र बङ्गलादेशबीचको खेल १÷१ गोलको बराबरीमा सकिएपछि नेपालले सेमिफाइनलको यात्रा एक खेल अगावै तय गरेको हो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले समूह चरणमा भुटानविरुद्ध भएका गल्तीलाई बंगलादेशविरुद्धको खेलमा सुधार्ने बताएका छन् ।
समूह विजेता बने नेपालले सेमिफाइनलमा भारतको तथा उपविजेता बने माल्दिभ्सको सामना गर्नेछ ।
यस्तै सिलोङमा नेपाली महिला टिमले बलियो भारतको सामना गर्दैछ । लगातार दोस्रो जित निकालेको नेपाल तेस्रो जितको खोजीमा हुनेछ ।
टिमका प्रशिक्षक धु्रव केसीले भारतविरुद्ध पनि उत्कृष्ट खेल पस्कने बताएका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]