default_image

7 years ago

July 9, 2018

विश्वकपमा गोल्डेन बलका दाबेदार को को छन् ?

149 views

0 Bookmark

मस्को (एजेन्सी)– रसियामा जारी विश्वकप फुटबल अन्तिम चरणमा पुगेको छ । अब अन्तिम चार खेल बाँकी रहँदा विश्व कपको गोल्डेन बल कसले जित्दा भन्ने चर्चा पनि सुरु भएको छ । फ्रान्स, बेल्जियम, इङ्ल्यान्ड र क्रोएसिया यसपटक सेमिफाइनल पुग्न सफल टोली हुन् ।

विश्व कप सुरु हुनु अघि लियोनल मेस्सी, नेयमारलाई गोल्डेन बलका सम्भावित दाबेदारका रुपमा हेरिएको थियो । तर, मेस्सीको अर्जेन्टिना अन्तिम १६ र नेयमारको ब्राजिल क्वार्टरफाइनलबाट बाहिरिएपनि गोल्डेन बलका लागि अन्य खेलाडी दाबेदारका रुपमा देखा परेका छन् । ती मध्ये तीन खेलाडीको बारेमा यहाँ चर्चा गरिएको छ ।

केलियन बाप्पे – फ्रान्स


यसपटक विश्वकपमा प्रभाव पार्ने खेलाडी मध्ये बाप्पे एक हुन् । विश्वकप का दौरान यी १९ वर्षे फरवार्ड उच्च फर्ममा देखिएका छन् । समूह चरणमा पेरुविरुद्धको गोल विश्वकपमा उनको पहिलो गोल थियो । पेरिस सेन्ट जर्मेनका यी खेलाडीले लियोन मेस्सी सम्मिलित अर्जेन्टिनाविरुद्धको प्रिक्वार्टरफाइनलमा उच्च प्रदर्शन गरेका थिए ।

जसमा उनले २ गोल गरे । यद्दपी उरुग्वेविरुद्धको क्वार्टरफाइनलमा भने उनको प्रदर्शन अपेक्षा गरिएभन्दा कमजोर रह्यो । बेल्जियमविरुद्ध हुने सेमिफाइलन उनी लयमा देखिने विश्वास गरिएको छ ।

इडेन हाजार्ड -बेल्जियम


बेल्जियमको स्वर्णिम पुस्ता मानिएको अहिलेको फुटबल टोलीले विश्वकपको सेमिफाइनलमा पुर्याएर आफुलाई थप प्रमाणित गरिसकेको छ । त्यसमध्ये पनि कप्तान हजार्डको प्रदर्शन प्रशंसनीय छ । लिडिङ फ्रम द फ्रन्ट भने जस्तै उनले नेतृत्व गरिएका छन् । उनले जापानसँगको प्रिक्वार्टरफाइनल र ब्राजिलविरुद्धको क्वार्टरफाइनलमा पनि निर्णायक खालको भूमिका निर्वाह गरेका थिए ।

जस्तै कठिन परिस्थितिमा पनि उनले निरन्तर प्रभावशाली प्रदर्शन गरिरहेका छन् । सेमिफाइनलमा पनि उनीबाट समर्थकले त्यस्तै अपेक्षा गरेको हुनुपर्दछ । तीन खेलमा म्यान अफ दी म्याच बनिसकेका हजार्डले दुई गोल गर्नुका साथै दुई गोलमा असिस्ट पनि गरेका छन् ।

लुका मोड्रिच – क्रोएसिया


हाजार्ड र मोड्रिचबीच यो विश्वकपमा को उत्कृष्ट भन्न त्यति सहज छैन । दुवै टोलीले उच्च प्रदर्शन गरिरहँदा दुवै कप्तानको भूमिका उत्तिकै महत्वपूर्ण रहँदै आएको छ । हाजार्डले जस्तै मोड्रिचले पनि अगाडि रहेको टोलीको मोर्चा सम्हालिरहेका छन् । रियल म्याड्रिडका मिडफिल्डर मोड्रिच यो विश्वकपका उत्कृष्ट मिडफिल्डर मध्ये एक हुन् । रसियाविरुद्धको उनको प्रदर्शन प्रशंसनीय रह्यो । उनले पनि तीन खेलमा म्यान अफ दी म्याच अवार्ड जितिसकेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.