7 years ago
July 9, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भोलि हुने फ्रान्ससंगको सेमिफाइनलमा निडर भई खेल्ने बताएका छन् ।
बेल्जियमले क्वाटरफाइनलमा ब्राजिललाई २-१ ले निराश पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो । तर फ्रान्ससंग जित्न भने सहज नहुने र निडर भई खेल्न पर्ने बेल्जियमका प्रशिक्षक मार्टिनेजले बताएका छन् ।
“भोलि हाम्रो टिमले कुनै पनि डर नराखी खेल्नु पर्ने हुन्छ ,” मार्टिनेजले इएसपिएनसंगको अन्तरवार्तामा बताए । “यदि हामीले डर देखायौं भने हाम्रो क्षमता अनुसार प्रदर्शन गर्न सक्ने छैनौं ,” मार्टिनेजले थपे ।
फ्रान्सका किलियन एम्बाप्पेका लागि छुट्टै रणनीति पनि आफूले तयार पारेको उनले बताए । मार्टिनेजलाई प्रशिक्षण टोलीमा फ्रान्सका पूर्व फरवार्ड तथा विश्वकप विजेता थियरी हेनरीले साथ दिएका छन् । हेनरीकै अनुभवका कारण बेल्जियमले अग्रपंक्तिमा सुधारिएको प्रदर्शन गरेको बुझिएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]