7 years ago
July 10, 2018
मस्को (एजेन्सी)– विश्वकप सेमिफाइनलमा बेल्जियमका इडेन हाजार्ड र रोमेलु लुकाको सबैभन्दा ठूलो खतरनाक हुने फ्रान्सका रक्षक राफेल भेरानले बताएका छन् । बेल्जियम र फ्रान्सबीच मंगलबार पहिलो सेमिफाइनल हुँदैछ । सेमिफाइनलको ठिक अघि विश्व कप जित्नेका लागि उनीहरुको चुनौति पार गर्दै अघि बढ्नुपर्ने उनको भनाई थियो ।
लुकाकु र हाजार्ड दुवैले रसिया विश्वकपमा उच्च प्रदर्शन गरिरहेका छन् । फ्रान्सका सेन्टर ब्याक भेरान पनि विश्वकपमा उच्च प्रदर्शन गर्ने मध्येमा पर्दछन् । उनी बेल्जियमलाई हल्का लिन नमिल्ने बताउँछन् । ‘यो विश्व कप सेमिफाइनल हो । यहाँ आएर एउटा टोली मात्र दाबेदार हुँदैन । हामीले आफ्नो उत्कृष्ट दिने प्रयास गर्नुपर्दछ,’ उनले भने, ‘हरेक खेललाई हामी अलग ढंगले लिन्छौं । त्यसमा सफल नतिजाको प्रयास गर्नेछौं ।’
भेरानले बेल्जियन टोली युवा भएपनि परिवक्क रहेको उल्लेख गरे । ‘हामीलाई थाहा छ खेल कठिन हुनेछ ,’ उनले थपे, ‘शारीरिक रुमा बलिया लुकाकु जुन सुकै रक्षापक्तिका लागि पनि खतरानाक हुनसक्दछन् । उनी स्तरीय खेलाडी हुन्, उनलाई हामीले कुनै ठाँउ दिनुहुन्न ।’
उनले हाजार्डको पनि तारिफ गरेका छन् । ‘उनी जति बेला लिलमा थिए त्यति बेला म उनको विरुद्धमा खेलिसकेको छु,’ रियल म्याड्रिडका रक्षक उनले भने, ‘उनी स्तरीय खेलाडी हुन् र उनको ड्रिब्लिङ निकै राम्रो छ । हामी उनलाई पनि कुनै ठाँउ दिनेमा छैनौं । हामी सामूहिक रुपमा उनलाई रोक्ने प्रयास गर्नेछ ।’
क्वार्टरफाइनलमा उरुग्वेलाई २–० ले हराउँदा भेरानले पनि गोल गरेका थिए । रक्षापक्तिमा पनि उनले निरन्तर उच्च प्रदर्शन गरिरहेका छन् । बेल्जियमको आक्रमणलाई रोक्न उनको भूमिका महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]