default_image

7 years ago

July 10, 2018

फ्रान्सको सम्भावित सुरुवाती ११ – स्थिरता नै हतियार

105 views

0 Bookmark

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – आज राति विश्वकप २०१८ को सेमिफाइनल अन्तर्गत दाबेदार टोली फ्रान्स लयमा रहेको बेल्जियमसंग भिड्दै छ । नेपाली समयानुसार सो खेल रातिको ११.४५ बजे सुरु हुने छ ।

फ्रान्सको सम्भावित सुरुवाति ११ यस प्रकारको छ :

डिफेन्स

फ्रान्सले गोलपोस्टमा कप्तान तथा नियमित नं. १ ह्युगो लोरिसलाई नै खेलाउने छन् । यस प्रतियोगितामा केही राम्रा बचाऊ गर्दै फ्रान्सलाई उनले यहांसम्म पुर्‍याएका छन् । त्यस्तै बार्सिलोनाका साम्युयल उम्टिटी र रियल म्याड्रिडका रफायल भरानले मध्य डिफेन्स सम्हाल्ने छन् । बेन्जामिन पाभार्ड र लुकास हर्नान्डेजले साइड डिफेन्समा निरन्तरता पाउने छन् ।

मिडफिल्ड

मध्यपंक्तिमा फ्रान्सका लागि दुई ठूला नाम एङोलो कान्टे र पल पोग्बा उसको सबैभन्दा ठूलो हतियार हो । डिफेन्सलाई सुरक्षित राख्दै हर्नान्डेज र पाभार्डलाई पनि आक्रमण गर्न उनीहरुले स्वतन्त्रता प्रदान गर्दछन् । पोग्बा र कान्टेलाई ब्लेज माटुइडीले साथ दिने देखिन्छ । अघिल्लो खेलमा उनी प्रतिबन्धित थिए तर यस खेलमा भने सुरुवाती ११ मा फर्किने अपेक्षा छ ।

फरवार्ड

फ्रान्सले फरवार्ड लाइनमा नबिल फेकिर, उस्माने डेम्बेले र फ्लोरियन थबिनलाई अवसर दीसकेको छ तर ओलिभर जिरुडको स्थान जित्न उनीहरुलाई गाह्रै परेको छ । पूर्व आर्सनलका खेलाडी जिरुड कर्नर र फ्रिकिकमा फ्रान्सका लागि हतियार हुने छन् । त्यस्तै उनले लयमा रहेका किलियन एम्बाप्पे र एन्टोइन ग्रिजम्यानको साथ पाउने छन् ।

फ्रान्सको टोलीमा कोही प्रतिबन्धित छैनन् र सबै फिट नै छन् । यसकारण फ्रान्सले आफ्नो सबैभन्दा बलियो सुरुवाती ११ उतार्ने छ । फ्रान्सले उतार्ने सुरुवाती ११ प्रतियोगितामा संगै धेरै पटक खेलेका छन् र यसकारण टोलीमा स्थिरता रहेको छ ।

के फ्रान्सले जित हांसिल गर्दै फाइनलमा स्थान बनाउला?

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.