7 years ago
July 14, 2018
म्याड्रिड (एजेन्सी)– नेयमारलाई लिने विषयमा चलेका सबै हल्ला निराधार भएको रियल म्याड्रिडले जनाएको छ । सुपर स्टार क्रिस्टियानो रोनाल्डो यो साता युभेन्ट्स गएपछि रियलले नेयमार भित्राउने प्रयास थालेको सञ्चारमाध्यमले जनाएका थिए । नयाँ खेलाडी भित्राउने विषयमा केहि नयाँ नीति अख्तियार गरेको उल्लेख गर्दै रियलले केहि स्टारहरुसँग छलफल अघि बढेको जनाएको छ ।
रियलले प्रेस विज्ञप्ती जारी गर्दै पेरिस सेन्ट जर्मेनका स्टारद्वय नेयमार र केलिनि एमबाप्पेलाई लिने विषयमा कुनै छलफल नभएको प्रष्ट पारेको छ । रियलले नेयमार र एमबाप्पे भित्राउन चाहेको सञ्चारमाध्यमले बारम्बार प्रकाशित गर्दै आएका छन् । रोनाल्डोको बहिर्गमनपछि यो चर्चा झनै चुलिएको थियो ।
‘पिएसजी खेलाडीलाई लिने प्रयास भइरहेको भन्ने समाचार हामीले हेरिरहेका छौं । तर क्लब यो प्रष्ट पार्न चाहन्छ उनलाई लिन कुनै प्रस्ताव गर्ने योजना छैन,’ विज्ञप्तीमा भनिएको छ , ‘दुई क्लबबीचको सम्बन्ध असाधारण छ । खेलाडीका विषयमा कुनै पनि विषय अघि बढाउनु परेको खण्डमा पहिलो क्लबसँग छलफल हुनेछ । ‘
नेयमारले पनि आफ्ना नजिकका साथीहरुसँग अझै एक सिजन पिएसजीमै रहन चाहेको बताएको जनाइएको छ । नेयमार गत सिजनमात्र विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पिएसजी पुगेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]