default_image

7 years ago

July 14, 2018

मौरीजियो सारी चेल्सीका नयाँ प्रशिक्षकमा नियुक्त

116 views

0 Bookmark

लन्डन (एजेन्सी) – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले मौरीजियाने सारीलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । चेल्सीले शनिबार नपोलीका पुर्व प्रशिक्षक सारीलाई ३ वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । चेल्सीले बिहिबार मात्रै आफ्ना प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको थियो ।

स्टामफोर्ड ब्रिजमा अनुबन्ध भएपछि सारीले चेल्सी र प्रिमियर लिगमा आउन पाउनु आफ्नो लागि नयाँ अध्यायको शुरुवात भएको बताएका छन् । ‘म आशावादी छु । टिम सोमबारबाट प्रि सिजन भ्रमणमा निस्कदैछ । राम्रो टिम बनाउने मेरो प्रयास हुनेछ ।’

प्रशिक्षकमा नियुक्त भएपछि सारीले भने, ‘मलाई आशा छ मेरो समय अवधिमा सम्पूर्ण समर्थकहरुलाई निराशा पार्ने काम गर्ने छैन । क्लबले म बाट के अपेक्षा गरेको छ त्यो पूरा गराउन म प्रतिबद्ध छु । सारीले आफ्नो कोचिङ स्टाफको रुपमा चेल्सीकै पूर्व खेलाडी जियानफ्रान्को जोलालाई नियुक्त गरेको छ ।

५९ वर्षीय सारीले चेल्सी आउनुअघि इटालियन क्लब नपोलीलाई प्रशिक्षण दिएको थियो । सारीको स्थानमा नपोलीले चेल्सीकै पूर्व प्रशिक्षक कार्लो एन्सेलोटीलाई प्रशिक्षकमा नियुक्त गरेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.