10 years ago
February 11, 2016
गुहावटी, माघ २८
भारतमा जारी १२औं दक्षिण एशियाली खेलकुदको पुरुष फुटबलतर्फ नेपाल समुह उपबिजेता बनेको छ ।
बिहीबार भएको समुह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसंग २–१ गोलले पराजित भएपछि उपविजेतामा चित्त बुझाउनु परेको हो । सीमित बनेको हो ।

जगजित श्रेष्ठको कर्नर बलमा अनन्त तामाङले दोस्रो मिनेटमै गोल गरेको थियो । तर, नेपालले त्यो अग्रता जोगाउन सकेन । ४० औं मिनेटमा बंगलादेशले बराबरी गोल फर्कायो । नेपाली गोलकिपर एलन न्यौपानेलाई बिट गर्दै रेहम हसनले गोल गरेका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा बंगलादेशले खेलमा अग्रता लियो । मोहम्मद जीवानले पेनाल्टी एरियाबाट गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन् ।
यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो ।
अव नेपालले फाइनल प्रवेशका लागि अर्काे समूहको विजेता माल्दिभ्ससँग खेल्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]