7 years ago
July 15, 2018
बासिङ्टन (एजेन्सी)– इङ्ल्यान्डका पूर्व कप्तान वायन रुनीले डिसी युनाटेडका लागि एमएलएसको डेब्यू खेल गोल गर्न नसकेपछि प्रभाव भने छाड्न सफल भएका छन् । इङ्ल्यान्डका कीर्तिमानी गोलकर्ता रुनीले पाउल अरियोलोलाई पास निकालेको खेलमा डिसी युनाइटेडले भानकुभर ह्वाइटक्याप्सलाई ३–१ ले हराएको थियो ।
रुनी आफै भने गोलको नजिक पुगेका थिए । यद्दपी उनको प्रयास सफल भएन । एभर्टन तथा म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड ५८ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । २७ औं मिनेटमा यालि असले युनाइटेडका लागि गोल गरेका थिए भने ओरियोलोे ६९ औं र ८० औं मिनेटमा गोल गरेका थिए ।
ह्वाइट क्याम्पसका लागि अल्फन्सो डाभिल्सले सान्त्वना गोल फर्काएका थिए । सो खेल अघि रुनीले इङ्ल्यान्ड र बेल्जियमबीच विश्वकप फुटबलको तेस्रो स्थानको खेल हेरेका थिए । सो खेलमा २–० ले विजयी हुँदै बेल्जियम तेस्रो भएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]