10 years ago
February 12, 2016
गुहावटी, माघ २९ । १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत नेपाली पुरुष फुटबल टिमले शनिबार फाइनल प्रवेशका लागि माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार साँझ सवा सात बजेपछि नेशरु स्टेडियममा हुनेछ ।

बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्यले माल्दिभ्सविरुद्वको खेललाई फाइनलकै रुपमा लिने बताएका छन् ।
‘केही खेलाडीहरु घायते भएका कारण बंगलादेशविरुद्वको खेलमा उत्रन नसक्दा बंगलादेशसँग पराजित हुन पुग्यो ।’ प्रशिक्षक शाक्यले भने, ‘सेमिफाइनलका लागि नै उनीहरुलाई आरम दियौ । आशा छ उनीहरु माल्दिभ्सविरुद्वको खेलमा उत्रनेछ । बंगलादेशविरुद्वको खेलमा विमल घर्तीमगर, अन्जन विष्ट र गोलरक्षक विकेश कुथुले खेलेका थिएनन् । यस्तै प्रशिक्षक शाक्यले माल्दिभ्सविरुद्वको खेलमा खेलाडीहरुले शत प्रतिशत खेल्दै फाइनल पुग्ने विश्वास लिएका छन् ।
यस्तै यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाली महिला टिमले शनिबारै सिलोङमा श्रीलंकासँग लिग चरणको अन्तिम खेल खेल्नेछ । राउण्ड रोविनको आधारमा भएको खेलमा नेपाल सात अंकसहित शीर्ष स्थानमा छ ।
दक्षिण एसियाली खेलकुद सागमा नेपाल दुई पटक च्याम्पियन बनेको छ । नेपाल यसअघि सन् १९८४ र १९९३ मा च्याम्पियन बनेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]