default_image

6 years ago

July 21, 2018

हाजार्ड भित्राउन रियल म्याड्रिड नजिक

ब्रसेल्स (एजेन्सी) – बेल्जियम मिडियाका अनुसार रियल म्याड्रिड चेल्सीका एडेन हाजार्ड भित्राउन नजिक रहेको छ । रियलले आफ्ना सुपरस्टार क्रिस्टियानो रोनाल्डो गुमाएपछि ट्रान्सफर विन्डोमा विक्ल्पको खोजीमा रहेको छ । रियल म्याड्रिडले पिएसजीका नेयमार र किलियन एम्बाप्पेलाई भित्राउन प्राथमिकतामा राखे पनि दुवैले यस सिजनका लागि आफू पेरिसमा रहने बताएका छन् । हाजार्डले भने केही सिजनदेखि रियल […]

31 views

0 Bookmark

ब्रसेल्स (एजेन्सी) – बेल्जियम मिडियाका अनुसार रियल म्याड्रिड चेल्सीका एडेन हाजार्ड भित्राउन नजिक रहेको छ । रियलले आफ्ना सुपरस्टार क्रिस्टियानो रोनाल्डो गुमाएपछि ट्रान्सफर विन्डोमा विक्ल्पको खोजीमा रहेको छ ।

रियल म्याड्रिडले पिएसजीका नेयमार र किलियन एम्बाप्पेलाई भित्राउन प्राथमिकतामा राखे पनि दुवैले यस सिजनका लागि आफू पेरिसमा रहने बताएका छन् । हाजार्डले भने केही सिजनदेखि रियल म्याड्रिड जाने चाहना व्यक्त पनि गरिरहेका छन् ।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सिल्भर बल (दोस्रो उत्कृष्ट खेलाडी) को उपाधि जितेका हाजार्डले प्रतियोगितामा आफ्नो क्षमता देखाइसकेका छन् । बेल्जियन मिडियाहरुका अनुसार रियलले उनलाई १ सय ९० मिलियन युरोसम्म खर्चिन सक्ने छ ।

चेल्सीमा भर्खरै प्रशिक्षक पनि परिवर्तन भएका छन् । अहिलेका प्रशिक्षक मारिजियो सारी भने हाजार्डलाई चेल्सीमै राख्न चाहेको बताएका छन् । विश्वकपमा बेल्जियमलाई तेस्रो स्थानमा पुर्‍याएपछि हाजार्डले नयाँ चुनौतीतिर आफ्नो नजर रहेको बताएका थिए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.