default_image

6 years ago

July 22, 2018

रोनाल्डोले दिए २० हजार युरो टिप्स

एथेन्स (एजेन्सी) – पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले ग्रीसमा छुट्टी सकेर फर्कने बेलामा होटलका कर्मचारीलाई ठूलो रकम टिप्समा दिएका छन् । पश्चिम पेलोपोनिज स्थीत कोस्टा नभारीनो रिसोर्टमा १० दिन छुट्टी मनाएर फर्कने बेलामा उनले कर्मचरीलाई बाड्न भन्दै २० हजार युरो दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  रोनाल्डोले आफ्नो परिवारलाई गरेको सेवा र पापाराजीबाट टाढा […]

24 views

0 Bookmark

एथेन्स (एजेन्सी) – पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले ग्रीसमा छुट्टी सकेर फर्कने बेलामा होटलका कर्मचारीलाई ठूलो रकम टिप्समा दिएका छन् । पश्चिम पेलोपोनिज स्थीत कोस्टा नभारीनो रिसोर्टमा १० दिन छुट्टी मनाएर फर्कने बेलामा उनले कर्मचरीलाई बाड्न भन्दै २० हजार युरो दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

रोनाल्डोले आफ्नो परिवारलाई गरेको सेवा र पापाराजीबाट टाढा राख्न सयहोग गरेको भन्दै रकम दिइएको बताइएकोछ । त्यो रकम रिसोर्टका १० जना कर्मचारीलाई २ हजार युरोका दरले वितरण गरिएको छ । ग्रिस स्पोर्टस म्यागेजिन अनलाईन स्पोर्टटाइम डट जिआरका अनुसार ३३ वर्षे रोनाल्डो ग्रिसको आतिथ्यताबाट पनि प्रभावित भएका छन् ।

उनको कप्तानीमा रहेको पोर्चुगल विश्वकप बाट अन्तिम १६ बाट बाहिरिएपछि उनी परिवार र साथीहरुसहित ग्रिस पुगेका थिए । ‘ रोनाल्डो र उनको परिवारलाई हेर्न पाउनु हाम्रो टिमको लागि एक सम्मान र उत्कृष्ट अनुभव थियो ।’ कर्मचारीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘ धेरै धेरै धन्याबाद छ रोनाल्डो, हाम्रो कथाको अंश बनेको मा ।’

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.