default_image

6 years ago

July 26, 2018

ब्राजिलियन रिचर्लिसन एभर्टनमा आबद्ध

एभर्टन (एजेन्सी) – एभर्टनले वाटफोर्डका विङ्गर ब्राजिलियन रिचर्लिसनलाई भित्राएको छ । उनलाई एभर्टनले ५० मिलियन पाउण्डमा अनुबन्ध गरेको अनुमान गरिएको छ । २१ वर्षे रिचर्लिसनलाई क्लबले सुरुमा ३५ मिलियन पाउण्ड खरिद गर्न चाहेको बताइएको थियो । उनी ५ वर्षका लागि अनुबन्धित भएको र क्लबको यो कीर्तिमानी सम्झौता भएको बताइएको छ । उनी फ्लुमिनेन्सबाट सन् २०१७ […]

53 views

0 Bookmark

एभर्टन (एजेन्सी) – एभर्टनले वाटफोर्डका विङ्गर ब्राजिलियन रिचर्लिसनलाई भित्राएको छ । उनलाई एभर्टनले ५० मिलियन पाउण्डमा अनुबन्ध गरेको अनुमान गरिएको छ ।

२१ वर्षे रिचर्लिसनलाई क्लबले सुरुमा ३५ मिलियन पाउण्ड खरिद गर्न चाहेको बताइएको थियो । उनी ५ वर्षका लागि अनुबन्धित भएको र क्लबको यो कीर्तिमानी सम्झौता भएको बताइएको छ । उनी फ्लुमिनेन्सबाट सन् २०१७ मा ११ मिलियन पाउण्डमा वाटफोर्ड भित्रिएका थिए ।

गत सिजनको प्रिमियर लिगमा ३८ खेल खेल्दा उनले ५ गोल गरे । उनले सिरी–ए लिग पनि दुई बर्ष खेलि सकेका छन् । सिरी–ए का दुई सिजन खेलेका उनले ४२ खेलमा ९ गोल गरेका थिए ।

‘म एभर्टनलाई धेरै सफलता दिलाउन चाहन्छु’ रिचर्लिसनले भने, ‘मलाई लाग्छकी मार्को सिल्भासँग फेरि महत्वपुर्ण यात्रा हुनेछ । किनकी म सिक्ने क्रम छु । अझै धेरै आफुलाई विकास गर्दै जाने छु ’ उनले थपे, ‘म उनको साथ आफुलाई विकसित गरिरहेको बेला वार्टफोर्डमा थिए । उनी सँग रहदा राम्रो लाग्छ । विश्वास छ उनले एक दिन मलाई ब्राजिलियन राष्ट्रिय टिममा छनोट हुन सहयोग गर्ने छन् ।’

सिल्भाले भने, ‘ रिचर्लिसन राम्रा खेलाडी हुन् । जसले हाम्रो टोली र हाम्रो प्रतिस्पर्धालाई अझ मजबुद बनाउने छन् र हाम्रा खेलाडीबीचको प्रतिस्पर्धा सबैका लागि महत्वपूर्ण हुनेछ ।’

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.