default_image

6 years ago

July 26, 2018

लिभरपुलद्वारा सिटी पराजित

न्यू जर्सी (एजेन्सी)- प्रि– सिजनको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इंग्लिस क्लब लिभरपुलले अर्काे इंग्लिस क्लब तथा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । अमेरिकाको न्यु जर्सीमा बिहिबार बिहान भएको खेलमा लिभरपुलले सिटीलाई २–१ ले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र साडियो मानेले गोल गरे । सिटीका लागि लेरोए सानेले एक […]

27 views

0 Bookmark

न्यू जर्सी (एजेन्सी)- प्रि– सिजनको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इंग्लिस क्लब लिभरपुलले अर्काे इंग्लिस क्लब तथा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । अमेरिकाको न्यु जर्सीमा बिहिबार बिहान भएको खेलमा लिभरपुलले सिटीलाई २–१ ले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र साडियो मानेले गोल गरे । सिटीका लागि लेरोए सानेले एक गोल गरे ।

प्रिमियर लिग च्याम्पियन सिटीविरुद्ध लिभरपुलले खेलमा पछि परेको स्थिति उल्ट्याउदै जित हात पारेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भयो । ५७ औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६३ औं मिनेटमा सलाहले बराबरी गोल फर्काए ।

९० औं मिनेटमा मानेले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई जित दिलाए । प्रि–सिजनमा लिभरपुलको यो पहिलो जित हो । यसअघिको पहिलो खेलमा लिभरपुल बोरुसिया डर्टमन्डसँग ३–१ ले पराजित भएको थियो । प्रि–सिजनमा सिटीको यो दोस्रो हार हो । यसअघि सिटी जर्मन क्लब बोरुसिया डर्टमन्डसँग १–० ले पराजित भएको थियो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.