default_image

6 years ago

July 26, 2018

युभेन्ट्सले बायर्नलाई हरायो

फिलाडेल्फिया (एजेन्सी)- इन्टरनेसनल च्याम्पियन्स कपमा इटालियन च्याम्पियन क्लब युभेन्ट्सले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई पराजित गरेको छ । सिरी ‘ए’ च्याम्पियन युभेन्टस्ले जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखलाई प्रि–सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा २–० ले हराएको हो । प्रि सिजनमा अमेरिका भ्रमणमा रहेको इटालियन च्याम्पियन युभेन्ट्सको जितमा दुवै गोल आन्द्रिया फाभिल्लीले गरे । २१ बर्षीय फाभिल्लीले खेलको […]

25 views

0 Bookmark

फिलाडेल्फिया (एजेन्सी)- इन्टरनेसनल च्याम्पियन्स कपमा इटालियन च्याम्पियन क्लब युभेन्ट्सले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई पराजित गरेको छ । सिरी ‘ए’ च्याम्पियन युभेन्टस्ले जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखलाई प्रि–सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा २–० ले हराएको हो ।
प्रि सिजनमा अमेरिका भ्रमणमा रहेको इटालियन च्याम्पियन युभेन्ट्सको जितमा दुवै गोल आन्द्रिया फाभिल्लीले गरे । २१ बर्षीय फाभिल्लीले खेलको ३२ औं मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फाभिल्लीले युभेन्ट्सलाई सहज जित दिलाए ।
इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत कै अर्काे खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्ड पोर्चुगिज क्लब बेन्फिकासँग पेनाल्टी सुटआउटमा पराजित भएको छ । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्ण पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा बेन्फिका ४–३ ले विजयी हुन सफल भयो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.